श्रोत नखुलेको नेपाली रकम नियन्त्रणमा
२०८०-०५-१३
- A
- A-
- A+
१. महोत्तरी,
मिति २०८०।०५।१२ गते अं.१६:०० बजेको समयमा जिल्ला महोत्तरी मनराशिस्वा न.पा.०३
सुनौल स्थित ग्रामीण सडक अन्तर्गत गाउँ जाने बाटोमा प्र.चौ. ईटहर्वाकट्टी महोत्तरीबाट प्र.स.नि. को
कमाण्डमा खटिएको टोलीले चेक जाँच गर्ने क्रममा वोर्डरबाट भोल्ही हुँदै सुनौल
गईरहेको निम्न स्थान बस्ने निम्न मानिसको मो.सा. BR30S-8589 नं.को PALATINA मो.सा.को सिट मुनि लुकाई
छिपाई गरी ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली रु.२५,१०,०००/- (पच्चीस लाख दश हजार रुपैयाँ), मानिस सहित मो.सा. नियन्त्रणमा लिई आवश्यक कार्वाही तथा
अनुसन्धानको लागि प्र.चौ. ईटहर्वाकट्टी
महोत्तरीमा पठाईएको ।
निम्नः-
१) देश भारत
जिल्ला सितामढी ग्रामपंचायत बेला मचपकौनी बस्ने राम जिनिस साहको छोरा अं. वर्ष
३७ को विनय साह
२) BR30S-8589 नं.को
PALATINA मो.सा.थान -१
३) नेपाली
रुपैयाँ रु.१,०००।– को नोट थान १५०० गरी जम्मा रु. १५,००,०००।–
४) नेपाली
रुपैयाँ रु.५००।–को नोट थान १९०० गरी जम्मा रु. ९,५०,०००।–
५) नेपाली रुपैयाँ
रु.१००।–को नोट थान ६०० गरी जम्मा रु. ६०,०००।–
जम्माः- रु.२५,१०,०००।– (पच्चीस
लाख दश हजार रुपैयाँ) रहेको ।