बिल बिजक भन्दा बढी मालसामान भएको ट्रक नियन्त्रणमा
२०८०-०५-१५
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।१४ गते अं. ०५:०० बजेको
समयमा जि.पर्सा बि.म.न.पा. १४ गण्डक स्थित जि.प्र.का. बाट खटिएको सुचना संकलन र प्र.चौ.
गण्डकको संयुक्त टोलीले बिल बिजक भन्दा बढी सामान लोड रहेको ना. ३ ख. २२९ नं. को
कन्टेनर डब्बा ट्रक नियन्त्रणमा लिई अनुसन्धानको लागी जि.प्र.का. पर्सामा बुझाएको, ट्रक र सामान सहितको रु. ६१,४१,९१८/- (एकसट्ठी लाख एक्चालिस हजार नौसय अठार रुपैयाँ) मुल्य
बराबरको सामान र ट्रक आवश्यक कार्वाहिको राजश्व अनुसन्धान कार्यालय पथलैयामा
बुझाएको ।