प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलीका सामान बरामद

२०८०-०५-१५

  • A
  • A-
  • A+
Share


१.      बारा, मिति २०८०।०५।१४ गते अं. २१:३० बजेको समयमा जिल्ला  बारा पचरौता न.पा ०९  कुडवा नहर स्थित सु.प्र. बेश लंगडा चोक, बाराबाट प्र.ह.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा गस्ती टोलीलाई हेरी  BR7AA2776 BR05AP7725 नं.को मो.सा.मा ६ बोरा  सुर्तीको सुखा पत्ता अ. मूल्य रू. १,००,०००/- (एक लाख रुपैयाँ) बराबरको लोड गरेको छाडी मो.सा चालक फरार रहेको, उक्त सामान र मो.सा सहित नियन्त्रणमा लिई सु.प्र.बेश लंगडा चोक, बारामा ल्याई राखेको ।

 

२.      रौतहट, मिति २०८०।०५।१४ गते अ. ०३:३० बजेको समयमा प्रहरी चौकी ब्रहमपुरी रौतहटबाट खटिएको प्र.स.नि. सहितको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट राजदेवी न.पा.वडा नं .३ स्थितमा बागमती नदीको बांध स्थित भारतबाट नेपाल तर्फ ना.१ज.३१९१ नम्बरको बोलेरो गाडीमा सुर्ती लगायतको सर समानहरु लोड गरी आई रहेको अवस्थामा प्रहरी टोलीलाई  देखिन साथ उक्त ना.१ज.३१९१ नम्बरको बोलेरो गाडी र गाडी भित्र रहेको सुर्ती लगायतको सर समानहरु छाडी मानिस भागी फरार गएकोले बेवारिसे अवस्थामा फेला परेको ना.१ज.३१९१ नम्बरको बोलेरो गाडीको मुल्य रु.२५,००,०००। (पचिस लाख) र ८ बोरा सुर्तीको प्रति बोरा २५,०००।– दरले जम्मा अ. मुल्य रु. २,००,०००/- (दुई लाख रुपैयाँ) गरी जम्मा मुल्य रु.२७,००,०००/- (सताईस लाख रुपैयाँ) बराबरको ना.१ ज.३१९१ नम्बरको बोलेरो गाडीमा सुर्ती लगायतको सर समानहरु बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा दाखिला गरिएको ।

 

 

३.      धनुषा, मिति २०८०/०५/१४ गते अं.१४:०० बजेको समयमा जिल्ला धनुषा विदेह न.पा.६ तिनकोरिया चोक स्थितमा भारतवाट भन्सार छलीका निम्न समानहरु मो.सा.मा लोडगरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्र.चौ.गिद्दा, धनुषाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको चेकिङ्ग टोलीलाई देख्ना साथ मो.सा.सहित उक्त सामानहरु फाली मानिस फरार भएकोमा मो.सा.सहित उक्त सामानहरु अं.मुल्य रु.२,९२,५००/- बराबरको सामान वरामद गरी प्र.चौ.गिद्दा, धनुषामा ल्याई राखिएको ।

निम्न:-

१.मोवाईल टच अं.मुल्य रु.१२,०००/-     २.मोवाईल डिसप्ले अं.मुल्य रु.१,२८,५००/-

३. रवर अं.मुल्य रु.२,०००/-                ४).प्र.२-०२-००१ प १४६८ नं.को मो.सा.थान-१ अं.मुल्य रु. १,५०,०००/-

जम्मा अं.मुल्य रु.२,९२,५००/-

 

४.      सिरहा, मिति २०८०।०५।१४ गते अं.१५:३० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ बस पार्क स्थीतमा प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी चेकीङ टोली लाई देख्ना साथ  स.२ प. ५८१५ नं. को मो.सा.मा भन्सार छली गरी ल्याउँदै गरेको बुफर फाली मो.सा.चालक फरार भएकोमा मो.सा.को अं.मुल्य रु.१, ५०,००० र  सोनी कम्पनीको बुफर ५ थान अं. मुल्य रु.५०,००० गरी जम्मा मुल्य रु. २,००,००० वरावरको सामान बरामद गरी प्र.चौ.गिद्दा, धनुषामा ल्याई राखिको भन्सार कार्यालयमा बुझाउने पहल भइरहेको ।

सम्बन्धित समाचार
लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

सर्लाही, मिति २०८०।०६।०९ अं. ०५:४५ बजेको समयमा जि.सर्लाही बलरा न.पा. ७ स्थित  मधुबनी बरहथवा सडक खण्डमा ई.प्र.का. गडहिया सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले डुमरियाबाट रोहुवा तर्फ जाँदै गरेको BR30H8326 नं. को मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा. चालक र पछाडी सवार  निम्न स्थान बस्ने  निम्न ला.औ. फेला पारी नियन्त्रणमा लिई ला.औ.र मो.सा. सहित  ३ जना मानिसहरुलाई ई.प्र.का. गडहिया सर्लाहीमा ल्याई राखिएको ।निम्न:१) मो.सा. चालक ऐ.ऐ. बस्ने अं. वर्ष २४ को अंकित सिंहको साथबाट केही फेला नपरेको ।२) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २१ को सौरभ महराको साथबाट नाइट्रोजेपाम ८ पिस र १ सानो पुरिया गाँजा फेला परेको । ३)  सोही मो.सा. मा पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष ३० को सुमित रंजन सिंहको साथबाट १ सानो पुरिया गांजा फेला परेको ।

भन्सार छलीका सामान पक्राउ
२०८०-०६-१०

१.      सिरहा, मिति २०८०।०६।०९ गते अं. २०:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोक देखि पश्‍चिम सडकको किनारमा बोरामा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको खुद्रा सामानहरु अं. मु. रू. ३,८७,६५०/- (तीन लाख सतासी हजार छ सय पचास) बराबरको सामानहरु तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र ई.प्र.का. मिर्चैयाबाट QRT प्र.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी रित पुर्वक बरामद गरी ई.प्र.का. मिर्चैयामा ल्याई राखेको ।  २.      सिरहा, मिति २०८०।०६।०९ गते अं.१०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित पूर्व पश्चिम लोकमार्गमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. को कमाण्डमा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मो.सा. रोक्न खोज्दा मो.सा.र झोला छाडी मो.सा.चालक भागी फरार भएकोले तत्काल झोला सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा झोला भित्र भन्सार छली ल्याएको निम्न मुल्य बराबरको मोवाईल थान -१८ र उक्त मो.सा.समेत नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस गोलबजार मार्फत उक्त समान भन्सार पठाउने कार्य भईरहेको ।निम्न सामानहरुः-१. रेडमी मोवाईल 12C-४ थानको प्रतिगोटा १४,०००।–को दरले अं.मु.रु.५६,०००।–२. रेडमी मोवाईल A2-१० थानको प्रतिगोटा १२,०००।– को दरले अं.मु.रु.१,२०,०००।–३. स्मार्ट मोवाईल HD-४ थानको प्रतिगोटा १४,५००।– को दरले अं.मु.रु.५८,०००।– ४. नम्बर पलेट नभएको यामाहा कम्पनिको MT 15,च्यासिस नं.-MEIRG6866P0006797, ईन्जिन नं.-G3N4E0512176 को मो.सा.को अं.मु.रु.२,५०,०००।–  गरी जम्मा अं.मु.रु.४,८४,०००।–

युरिया मल नियन्त्रणमा
२०८०-०६-०९

सर्लाही, मिति २०८०।०६।०८ गते अ. १६:४५ बजे जिल्ला सर्लाही हरिवन न.पा. ११ स्थितमा रहेको सानिमा बैंक अगाडि खाली जग्गामा ना ३ च ८०२९ नं. को बलेरो पिकअप गाडीमा भन्सार छली चोरी निकासी, पैठारी गरी ल्याएको युरिया मल छ भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली ऐ. १७:०० बजे उक्त स्थानमा पुगि हेर्दा उक्त गाडीमा (प्रति बोरा ४५ के.जि.) को दरले ५१ बोरा युरिया मल फेला परेकोले उक्त नम्बरको गाडी र मलधनी जिल्ला रौतहट चन्द्रपुर न.पा. ६ बस्ने अं. वर्ष ४८ को राज किशोर साह समेतलाई नियन्त्रणमा लिई थप अनसन्धान कार्य भई रहेको, गाडी चालक फरार रहेको ।