प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गाडीहरु नियन्त्रणमा लिएको

२०८०-०५-१७

  • A
  • A-
  • A+
Share

सर्लाही, मिति २०८०।०५।१५ गते अं. २३:०५ बजेको समयमा जिल्ला सर्लाही हरिवन ११ प्रताटोल स्थित रहेको ऐ.ऐ.बस्ने सन्तोष दास कलवारको गोदाम घर अगाडी खाली जग्गामा निम्न नं.का गाडीहरु रोकी राखेको अवस्थामा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि.को कमाण्डमा ७ जनाको गस्ती टोली गस्ती गर्दै जाने क्रममा सोहि गोदाम अगाडि फेला पारी रातभरि प्रहरीको निगरानीमा सुरक्षित साथ राखिएकोमा उक्त गाडीहरुमा मिति २०८०।०५।१६ गते बिहान १०:०० बजेको समयमा चेकजाँच गर्दा निम्न सामानहरु फेला परेको ।

साथै २०८०।०५।१६ गते तालुक जि.प्र.का.सर्लाहीबाट प्र.ना.उ. दिपेन्द्र पंजियार थारुको कमाण्डमा ४५ जनाको टोली खटिगई उक्त गाडीहरु खानतलासी भैसकेको किराना सामानहरु अं. मुल्य रु. ८,३१,२००/- (आठ लाख एक्तिस हजार दुई सय) रुपैँया बराबरको रहेको र गोदाम भित्र रहेका सामानहरु के-कति छ भन्ने सम्बन्धमा गोदामको कर्मचारीहरु र स्थानीय मानिसहरुले राजश्व अनुसन्धान कार्यालय पथलैयाबाट कर्मचारीहरू आउनुपर्ने भनि अनुरोध गरेकोले राजस्व कार्यालयमा समन्वय गरी कर्मचारी बाटोमा आईरहेकोमा ऐ.१२.१५ बजे राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट शाखा अधिकृत नारायण खत्री सहित ३ जनाको टोली उक्त स्थानमा पुगि खानतलासीको काम सुरु भएकोमा ऐ.१७:०५ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट खटि आएको टोलीले उक्त गोदाममा रहेका खाध सामाग्रीहरुको कानुनी रित पुर्‍याई भौतिक गणना गरी सो गोदाममा रहेका खाद्य सामाग्रीहरु अर्को आदेश नभए सम्म गोदाम सुरक्षित एवं व्यापार नगर्नको लागि लिखित आदेश दिई राजस्व अनुसन्धान कार्यालयको टोली फिर्ता भएको, ई.प्र.का. हरिवन सर्लाहीबाट खटिगएको टोलीले उक्त गोदाम बाहिर रोकी राखेको चालक नभएका ३ वटा सवारी साधनहरु प्र.२-०३-००१ख ७३६६ नं. को मिनि वानटन, ना.५ख.१०८ नं.को मिनि वानटन र ना.५ख.७१८३ नं. को मिनिवानटन र बिलबिजन नभएको उक्त सवारी साधनमा रहेको खाधान्न सामाग्रीहरु र गाडीको अं.मु. रु.३२,३१,२००/- ( बत्तिस लाख एकतिस हजार दुई सय) बराबरको बरामद गरी ई.प्र.का. हरिवन सर्लाहीमा ल्याई राखिएको उक्त बरामद भएको समान र सवारी साधन राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने पहल भई रहेको ।

निम्न गाडीहरु:-

१.      ना.५ख.१०८ (टाटा ४०७) नेपाली सामानहरु रहेको ।

२.      ना.५ख.७१८३ (महेन्द्र मिनी ट्रक) सामान लोड

Ø  रातो मटर २० बोरा- ५०,०००/-,   हरियो मटर ६ बोरा- १५,०००/-, गुगी दाल ४ बोरा -१६,०००/-

Ø  चिनी २६ बोरा - ७८,०००/-, चामल जुट बोरा ४ बोरा- ६,०००/-, खानेतेल ४० काटुन- ७२,०००/-

Ø  चिउरा ३ बोरा -३३००/-,   सुजी ६ बोरा- ६६०००/-,  चना दाल २ बोरा- ३८००/-

३.      प्र.२-०३-००१ख.७३६६ (टाटा ४०७) सामान लोड-

Ø किराना सामानहरु- हरियो मटर ६० बोरा अ. मुल्य – रू. १,५०,०००/-, पापड १५ बोरा -३०,०००/-

Ø काजु ४५ बोरा ९० प्याकेट - १,३५,०००/- ,

४.      प्र.२-०३-००१च. ४३५६ (टाटा योद्दा) सामान नभएको खाली

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा
२०८०-११-१६

१.      सप्तरी, मिति २०८०।११।१५ गते १६:१५ बजेको समयमा सवारी ज्यान मुद्धामा ३ बर्ष कैद र रु.३२,०००/- (बत्तीस हजार) जरिवाना तोकिएको फरार प्रतिवादि जिल्ला सप्तरी तिलाठी कोईलाडि गा पा ७ बस्ने सकलदेव मण्डलको छोरा जगदीश कुमार मण्डललाई जि.प्र.का. सप्तरीबाट खटिएको प्रहरी गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाईएको ।२.      रौतहट, मिति २०८०।११।१६ गते अं. १४:३० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद भुक्तान बाँकी रहेको फरार प्रतिवादी जि. रौतहट गरुडा न.पा. ९ सिसवा बस्ने बर्ष ७५ को लछुमन दास तत्मालाई प्र.चौ. बिर्ताबाट  खटिएको प्रहरी टोलीले ऐ.ऐ. स्थित सिसवा बजारमा घुमफिर गरिरहेको अवस्थामा  नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि ई.प्र.का. गरुडामा पठाएको  । ३.      धनुषा, मिति २०८०।११।१६ गते ०९:३० बजेको समयमा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका जि. रौतहट चन्द्रपुर न.पा. ७ नयाँ बस्ती बस्ने शंकर दासको छोरा बर्ष ३० को राजु दास भन्ने राजु दास कथबनियालाई ई.प्र.का. महेन्द्रनगर र प्र.चौ. लक्ष्मिनियाँबाट खटिएको संयुक्त प्रहरी टोलीले जि.धनुषा लक्ष्मिनिया गा.पा. ३ बनिगामा स्थित श्री दिवस दिप दलित सामुदायिक विद्यालयबाट नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगरमा ल्याई राखेको ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको
२०८०-११-१६

१.      बारा, मिति २०८०।११।१५ गते २२:३० बजेको समयमा जि. बारा सिम्रौनगढ न.पा. ४ गंगानगर स्थित बिषेश सुचनाको आधारमा ई.प्र.का. सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बारागढीबाट भारत तर्फ जाँदै गरेको ना ३८ प १४११ नं.को मो.सा.मा सवार जि. रौतहट फतुवा बिजयपुर न.पा. ३ मेवा बस्ने गोपीचन साहको छोरा बर्ष ५० को रामानन्द साह, ऐ.ऐ. बस्ने सत्य नारायण महराको छोरा बर्ष ४५ को चुलाई महरा र जि.बारा आदर्श कोतवाल गा.पा. ३ बतरा बस्ने बिद्यानन्द गिरीको छोरा बर्ष २७ को सरोज कुमार गिरीलाई शंका लागी चेकजाँच गर्दा रातो प्लास्टिकले बेरिएको अं. १५ के.जी. ला.औ. गाँजा फेला पारेकोले उक्त गाँजा सहित मो.सा. र ३ जना  मानिसलाई नियन्त्रणमा लिई ई.प्र.का. सिम्रौनगढमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।१.      महोत्तरी, मिति २०८०/११/१६ गते ०८:१५ बजेको समयमा जि.महोत्तरी पिपरा गा.पा. ४ पिपरा चोक स्थितमा ई.प्र.का. महोत्तरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वरबाट पिपरा तर्फ आउँदै गरेको ज १ ह ३९४५ नं.को टेम्पोलाई चेकजाँच गर्दा फेनारगन (Phenergan)  ४९६ एम्पुल, ट्यालगेसिस (Talgesic) ४९९ एम्पुल, डाईजेपाम (Diazepam) ४९२  एम्पुल गरी जम्मा १४८७ (पिस) एम्पुल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित टेम्पो, टेम्पो चालक जि. महोत्तरी पिपरा गा.पा. २ बस्ने मोहमद ईजाहारुल हुसेनको छोरा बर्ष ३६ को महमद सिकिन्द्र हुसेन, टेम्पोमा सवार ऐ. मटिहानी न.पा. ९ सिमरदही बस्ने सन्देश साफीको छोरा बर्ष १९ को गुडु साफी र भारत बिहार ग्राम सोनवर्षा बस्ने मोहन राउतको छोरा बर्ष २० को सुवोध राउतलाई नियन्त्रणमा लिई ई.प्र.का. सहोडवा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-१४

१.      पर्सा, मिति २०८०।११।१३ गते अं.१७:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. १४ गण्डक चोक स्थितमा प्र.चौ. गण्डकबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट सिमरातर्फ पैदल जादै गरेको जि.पर्सा बिरगंज म.न.पा.२८ बगही बस्ने कुनेर दुबेदीको छोरा वर्ष १९ को अनिकेत दुबेदी माथि शंका लागि चेकजाँच गर्ने क्रममा निजको पर्सबाट ला.औ. नाईट्रोभेट ट्याब्लेट ६ पिस र नाईट्रोजेपाम ट्याब्लेट १० पिस फेला परेकोले थप अनुसनधान तथा कारबाहिको लागि उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. श्रीपुर पर्सामा पठाईएको ।२.      सर्लाही, मिति २०८०।११।१३ गते २०:१० बजेको समयमा जि.सर्लाही हरिवन न.पा. १० बस्ने वर्ष ५५ को कुलध्वज घिसिङ र निजको श्रीमती वर्ष ५३ की फुलमायाँ घिसिङले आफ्नै घरमा संचालन गरेको किराना पसलमा ला.औ. गाँजा बिक्री बितरण गरिरहेको भन्ने विशेष सुचनाको आधारमा  ई.प्र.का. हरिवनबाट  खटिएको प्रहरी टोलीले उक्त पसलमा खानतलासी गर्दा कागजको ४३ वटा पुरिया र प्लाष्टिकको ३ वटा पोकामा लुकाई छिपाई राखेको ला.औ. गाँजा (कागज प्लाष्टिक सहित ४१७ ग्राम र कागज  प्लाष्टिक बाहेक ३३५ ग्राम) र नगद रु. ३,७९,३२५/- (तीन लाख उनासी हजार तीन सय पच्चिस) फेला परेकोले उक्त ला.औ. सहित निज फुलमायाँ घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।३.      सर्लाही, मिति २०८०।११।१३ गते २१:५० बजेको समयमा जि. सर्लाही बागमती न.पा. १२ बथाने स्कुल अगाडी भित्री सडक खण्डमा ई.प्र.का. कर्मैयाबाट खटिएको गस्ती टोलीले पुतली चोकबाट बथाने तर्फ जाँदै गरेको प्रदेश २-०४-००१ प ९५६२ नं.को २२० सि.सि.को रातो कालो रंगको पल्सर मो.सा.मा सवार ३ जनालाई रोकी चेकजाँच गर्ने क्रममा सवार मध्येका एक जनाले पछाडी बोकेको झोला फाली फरार भएको र दुई जना जि. सर्लाही बागमती न.पा. १२ बथाने नयाँ बस्ती बस्ने चमार सिंह घिसिङको छोरा वर्ष १९ को निशान घिसिङ, जि. सिन्धुली हरिहरपुरगढी गा.पा. ६ बस्ने दुर्गा बहादुर मोक्तानको छोरा वर्ष १८ को मानव मोक्तानलाई नियन्त्रणमा लिई उक्त झोला खोली हेर्दा रातो प्लाष्टिकमा ५ के.जी. २१० ग्राम ला.औ. गाँजा रहेकोले निजहरुलाई गाँजा र मो.सा. सहित नियन्त्रणमा लिई ई.प्र.का. कर्मैयामा ल्याई उक्त गाँजा को कसको हो भनी सोधपुछ गर्दा नाम,थर,वतन खुल्न आएका मानिसलाई खोजतलास गर्ने क्रममा ऐ.ऐ. ११ पुतली चोक स्थितबाट जि. सिन्धुली हरिहरपुरगढी गा.पा. ४ बस्ने आशमान लामाको छोरा वर्ष १९ को रुपेश लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । ४.      सर्लाही, मिति २०८०।११।१४ गते अं.१३:४५ बजेको समयमा जि. सर्लाही मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी खटिएको प्रहरी चेकिङ टोलीले भारतको सोनवर्षाबाट मलंगवा तर्फ पैदल आउँदै गरेको जि. सर्लाही हरिवन न.पा.४ बस्ने मजिम शेखको छोरा बर्ष २५ को अजमत शेखलाई शंका लागी शरीर खानतलासी गर्दा निजले लगाएको जिन्स पाईन्टको पछाडी पट्टीको दाहिने खल्तीभित्र लुकाई छिपाई राखेको ला.औ. CODEDYL-T 100ml को २ बोत्तल, NITRAVATE-10 ४ पिस ट्याब्लेट, SMON+ ४ पिस ट्याब्लेट फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का. सर्लाही पठाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-१३

१.      पर्सा, मिति२०८०।११।१२ गते अं. १०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १९ तिलावे पुल स्थितमा अस्थाई प्रहरी पोष्ट बिन्दबासिनीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा साईकल यात्री जि.पर्सा बहुदरमाई न.पा. ९ बिश्रामपुर बस्ने बर्ष ५५ को मोखु रावत कुर्मीले शरीरमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ला.औ. गाँजा ११०० (एघार सय) ग्राम फेला परेको हुँदा निजलाई ला.औ. र साईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पर्सा तर्फ पठाईएको । २.      पर्सा, मिति २०८०/११/१२ गते १८:४५ बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जि. कास्की पोखरा म.न.पा. १४ चाउहो बस्ने रुम बहादुरको छोरा बर्ष ३३ को केशव जि.सी. लाई चेक जाँच गर्दा निजले लगाएको कालो खैरो रंगको ट्राउजरको अगाडि दाहिने पाकेटमा ईन्जेक्सन: डाईजोपाम- ९ एम्पुल, फेनारगन- ९ एम्पुल र नुरफिन-९ एम्पुल लागु औषध फेला पारेकोले निजलाई लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा पठाइएको । रौतहट, मिति २०८०।११।१२ गते अं. १४:०० बजेको समयमा जि.प्र.का. रौतहट तथा प्रहरी चौकी हरिनगर रौतहटबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जि. रौतहट गुजरा न. पा. ४ लाल बकैया खोला वाँध स्थितमा चेकजाँच गर्ने क्रममा जि. बारा करैयामाई गा.पा. १ हरैया टोल बस्ने बर्ष ३५ को हबिब अंसारीले पिठ्युमा बोकेको ब्यागमा लागु औषध गाँजा ४ के.जी. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ बिजयपुरमा बुझाईएको । 

अपराधिक कार्यमा संलग्न २ जना प्रहरी कर्मचारी पक्राउ
२०८०-११-१३

मिति २०८०।११।०८ गते अं. १६:०० बजेको समयमा जि.महोत्तरी महोत्तरी गा.पा. ५ घर भई हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बर्ष ३४ को प्र.स.ह. दिपेन्द्र कुमार राज र जिल्ला सुनसरी देवानगंज गा.पा. वडा नं.२ घर भई हाल जि.प्र.का. धनुषामा कार्यरत बर्ष २१ को प्र.ज. रोशन कुमार यादबले आपराधिक लाभ लिने नियतले पीडितबाट बिभिन्न कम्पनीको मोबाईल थान-३१ लिई उक्त मोबाईलहरु फिर्ता गर्न भनी नगद रू. २ लाख लिई मोबाईल समेत फिर्ता नगरी आफैसँग राखेको भन्ने जानकारी यस मधेश प्रदेश प्रहरी कार्यालयमा प्राप्त हुन आए पश्चात मिति २०८०।११।११ गते जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा.७ स्थितमा रहेको अन्जनी माई कुट्टीको उत्तर तर्फ रहेको पोखरीको डिलको तल झाडीमा सानो रातो रंगको ब्याग भित्र निजहरुले लुकाई छिपाई राखेका बिभिन्न कम्पनिको मोबाईल थान-३१ र पीडितबाट लिएको नगद रु. २ लाख मध्येबाट रु. ९५,०००।- निजहरुकै रोहबरमा बरामद गरी दुबै जनालाई कानुन बमोजिम पक्राउ गरी बरामद भएको दशि सहित पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वाशघात र अपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी आज मिति २०८०।११।१३ गते सम्मानित जिल्ला अदालत धनुषाबाट अनुसन्धानका लागि मिति २०८०।११।११ गतेबाट लागु हुने गरी दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको ।