प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८०-०५-१९

  • A
  • A-
  • A+
Share

१.      रौतहट, मिति २०८०।०५।१८ गते अं. १७:३०  बजेको समयमा जि.रौतहट बृन्दावन न.पा.१ बलरीखोर  बस्ने दर्ता नं १३ मुद्दा दर्ता मिति २०६७।०७। १७ गते कर्तब्य ज्यान मुद्दा (चालु)को फरार प्रतिवादि महेश राउतको छोरा वर्ष अं ४६ को ज्योतिकलाल राउत आफ्नै गाउँघरमा लुकिछिपि बसेको छ भन्ने खबर प्राप्त हुन साथ ई.प्र.का. गरुडा, रौतहटबाट प्र.नि. को कमाण्डमा टोली खटिगई नियन्त्रणमा लिई ई.प्र.का. गरुडामा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको ।

 

२.      सर्लाही, मिति २०८०।०५।१८गते अं. १३:०० बजेको समयमा साईबर ब्युरो ९ (२०८०/२०८१)को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी मेघराज खड्का भएको बिधुतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा वारदात पश्चात भागि फरार रहेका प्रतिवादी जिल्ला सर्लाही हरिवन न.पा.६ घर भई हाल ऐ.१० बस्ने कुल बहादुर खड्काको छोरा अं. वर्ष ३२ को मेघराज खड्कालाई ऐ.स्थितको बाटोबाट नियन्त्रणमा लिई निजको घरमा गई कानुन बमोजिम निजले सुत्ने कोठा खान तलासी गर्दा निम्न अनुसारको समानहरु बरामद गरिएको, उक्त स्थानमा ई.प्र.का. हरिवनबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटिएकोमा ऐ. १९:३० बजेको समयमा निज मेघराज खड्कालाई प्र.ना.नि. को कमाण्डमा २ जनाको टोलीले ना.७ ख ६३९ नं. को नाईट बसमा साईबर ब्यूरो काठमाण्डौ बुझाउनको लागी पठाएको ।

निम्न समानहरु:-

१.      ९७६५९७७६७३ नं.को सिम प्रयोग भएको READMI स्क्रिन टच मोवाईल थान -१

२.      ९७६२८०२४५४ नं.को सिम प्रयोग भएको ZTE  BLADE A51 स्क्रिन टच मोवाईल थान -१

३.      ९७६५७०२६७२ नं.को सिम प्रयोग MOTOROLA कम्पनिको स्क्रिन टच मोवाईल थान -१

४.      सेतो रंङको चार्जर थान-२ 

५.      निजको नाममा रहेको राहदानी र निजको नाता प्रमाणित कागज ।

 

३.      सर्लाही, मिति २०७१।०३।०४ गते जिल्ला सर्लाही लक्ष्मीपुर गा.बि.स वडा न.९ हाल परिवर्तन हरिपुर न.पा.५ मुजुर्वा बस्ने जिमदार मियाको छोरा बर्ष ७० को सफी अहमद भन्ने सफी महमदले जबरजस्ती करणी मुद्दामा सर्वेच्च अदालतबाट ९ बर्ष ११ महिना २८ दिन कैद फैसला पश्चात फरार रहेको हुँदा निजलाई ई.प्र.का. हरिपुर, सर्लाहीबाट प्र.नि. को कमाण्डमा ५ जनाको टोलि बिषेश सुराकीको अधारमा मिति २०८०।०५।१८ गते अं.१९:०० बजेको समयमा जिल्ला सर्लाही हरिपुर न.पा.५ मुजुर्वाबाट फरार प्रतिवादीलाई फेला परी पक्राउ गरी ई.प्र.का. हरिपुरमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

सर्लाही, मिति २०८०।०६।०९ अं. ०५:४५ बजेको समयमा जि.सर्लाही बलरा न.पा. ७ स्थित  मधुबनी बरहथवा सडक खण्डमा ई.प्र.का. गडहिया सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले डुमरियाबाट रोहुवा तर्फ जाँदै गरेको BR30H8326 नं. को मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा. चालक र पछाडी सवार  निम्न स्थान बस्ने  निम्न ला.औ. फेला पारी नियन्त्रणमा लिई ला.औ.र मो.सा. सहित  ३ जना मानिसहरुलाई ई.प्र.का. गडहिया सर्लाहीमा ल्याई राखिएको ।निम्न:१) मो.सा. चालक ऐ.ऐ. बस्ने अं. वर्ष २४ को अंकित सिंहको साथबाट केही फेला नपरेको ।२) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २१ को सौरभ महराको साथबाट नाइट्रोजेपाम ८ पिस र १ सानो पुरिया गाँजा फेला परेको । ३)  सोही मो.सा. मा पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष ३० को सुमित रंजन सिंहको साथबाट १ सानो पुरिया गांजा फेला परेको ।

भन्सार छलीका सामान पक्राउ
२०८०-०६-१०

१.      सिरहा, मिति २०८०।०६।०९ गते अं. २०:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोक देखि पश्‍चिम सडकको किनारमा बोरामा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको खुद्रा सामानहरु अं. मु. रू. ३,८७,६५०/- (तीन लाख सतासी हजार छ सय पचास) बराबरको सामानहरु तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र ई.प्र.का. मिर्चैयाबाट QRT प्र.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी रित पुर्वक बरामद गरी ई.प्र.का. मिर्चैयामा ल्याई राखेको ।  २.      सिरहा, मिति २०८०।०६।०९ गते अं.१०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित पूर्व पश्चिम लोकमार्गमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. को कमाण्डमा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मो.सा. रोक्न खोज्दा मो.सा.र झोला छाडी मो.सा.चालक भागी फरार भएकोले तत्काल झोला सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा झोला भित्र भन्सार छली ल्याएको निम्न मुल्य बराबरको मोवाईल थान -१८ र उक्त मो.सा.समेत नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस गोलबजार मार्फत उक्त समान भन्सार पठाउने कार्य भईरहेको ।निम्न सामानहरुः-१. रेडमी मोवाईल 12C-४ थानको प्रतिगोटा १४,०००।–को दरले अं.मु.रु.५६,०००।–२. रेडमी मोवाईल A2-१० थानको प्रतिगोटा १२,०००।– को दरले अं.मु.रु.१,२०,०००।–३. स्मार्ट मोवाईल HD-४ थानको प्रतिगोटा १४,५००।– को दरले अं.मु.रु.५८,०००।– ४. नम्बर पलेट नभएको यामाहा कम्पनिको MT 15,च्यासिस नं.-MEIRG6866P0006797, ईन्जिन नं.-G3N4E0512176 को मो.सा.को अं.मु.रु.२,५०,०००।–  गरी जम्मा अं.मु.रु.४,८४,०००।–

युरिया मल नियन्त्रणमा
२०८०-०६-०९

सर्लाही, मिति २०८०।०६।०८ गते अ. १६:४५ बजे जिल्ला सर्लाही हरिवन न.पा. ११ स्थितमा रहेको सानिमा बैंक अगाडि खाली जग्गामा ना ३ च ८०२९ नं. को बलेरो पिकअप गाडीमा भन्सार छली चोरी निकासी, पैठारी गरी ल्याएको युरिया मल छ भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली ऐ. १७:०० बजे उक्त स्थानमा पुगि हेर्दा उक्त गाडीमा (प्रति बोरा ४५ के.जि.) को दरले ५१ बोरा युरिया मल फेला परेकोले उक्त नम्बरको गाडी र मलधनी जिल्ला रौतहट चन्द्रपुर न.पा. ६ बस्ने अं. वर्ष ४८ को राज किशोर साह समेतलाई नियन्त्रणमा लिई थप अनसन्धान कार्य भई रहेको, गाडी चालक फरार रहेको ।