जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०५-२१
- A
- A-
- A+
सर्लाही, मिति
२०८०/०५/१८ गते १८:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीबाट प्रहरी
निरीक्षकको कमाण्डमा खटिएका प्रहरी टोलीले जबरजस्ती करणी मुद्दामा सम्मानित
सर्वोच्च अदालत बबरमहल काठमाडौंको फैसलाले ९ वर्ष ११ महिना २८ दिन कैद ठहर भएका
जिल्ला सर्लाही साविक गा.बि.स लक्ष्मीपुर वडा नं. ९ हाल परिवर्तित हरिपुर
नगरपालिका वडा न.५ बस्ने जिमदार मियाँको छोरा ७० वर्षको सफी अहमद भन्ने सफी
महमदलाई पक्राउ गरी सम्मानित सर्लाही जिल्ला अदालतमा पेश गरेकोमा निज प्रतिवादीलाई
उक्त सजाय भुक्तानको लागि कारागार कार्यालय सिन्धुली पठाईएको ।