फरार प्रतिवादी पक्राउ
२०८०-०५-२४
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।२३ गते अं. ०७:३० बजेको
समयमा जिल्ला पर्सा जगनाथपुर गा.पा. वडा नं १ बस्ने बर्ष ४० को समसुल राउत गदी सरकारी
कागज किर्ते चालु मुद्दाको फरार प्रतिवादीलाई निजको घर ठेगाना अन्तरगतबाट प्र.चौ.
पिडारीगुढी, पर्साबाट खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाही को
लागि तालुक जि.प्र.का. पर्सा पठाएको ।
२.
धनुषा, मिति २०८०/०५/२३ गते अं.१६:४५ बजेको
समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१३ पिडारी पछियारी टोल बस्ने हरी दासको छोरा
अं. वर्ष ३२ को जितेन्द्र दासलाई बैकिङ्ग कसुर मुद्दामा सम्मानित धनुषा जिल्ला
अदालत जनकपुरबाट मिति २०८०/०४/०९ गते पक्राउ अनुमती प्रदान गरेको हुँदा व.प्र.का.
मुजेलिया, धनुषाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले निजलाई ऐ.ऐ.
स्थितमा रहेका बैदेही सामुदायिक भवन अगाडीबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागी
तालुक जि.प्र.का.धनुषामा पठाईएको ।
३.
सप्तरी, मिति २०८०।०५।२३ गते अं.१७:३० बजेको
समयमा जि.सप्तरी राजबिराज न.पा. १ बस्ने राम प्रसाद यादवको छोरी अं. वर्ष ५० को
देव नारायण यादव ज्यान मार्ने चालु मुद्दाको फरार प्रतिवादीलाई अ.प्र.पो. राजदेवि
सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा
ल्याई राखेको ।