अवैध चामल सहितको ट्रक राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको
२०८०-०५-२५
- A
- A-
- A+
सिरहा, मिति
२०८०।०५।२४ गते अं.१२:०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं.-९ मिलन चौक स्थित
लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०३-००१ क २५१० नं. को ट्रकमा
भन्सार छलिका चामल जाँदैछ भन्ने गोप्य सुचना ई.प्र.का. धनगढी सिरहामा प्राप्त हुनासाथ जि.प्र.का. सिरहाबाट
प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोलि खटि गई ट्रक रोकी चेकजाँच गर्ने
क्रममा ट्रक चालक जिल्ला बारा कोल्भी नगरपालिका वडा नं. २ बस्ने अं. बर्ष २७ को
सेखर प्रसाद मैनालीसंग सोधपुछ गर्दा २५ के.जि.को
२३३ बोरा (7STAR) सेभेन स्टार भारतीय चामल र २५ के.जि.को
२०४ बोरा मिना ब्राण्ड सोना मंसुली र जिरामसिनो नेपाली चामल गरी जम्मा ४३७ बोरा
चामल रहेको सोधपुछबाट खुल्न आएको र (बिल हेर्दा ४०० बोरा मात्र उल्लेख रहेको) भनि
खुल्न आएकोले ट्रक चालक र ट्रक सहित थप अनुसन्धानको लागि ई.प्र.का. लहानमा
बुझाईएको र थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि उक्त ट्रक, चामल र ट्रक चालक राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको ।
ट्रकको अ.मुल्य रु. ३५,००,०००।–
४३७ बोरा चामलको अ.मुल्य रु. ६,६५,०००।–
समेत गरी जम्मा रु. ४१,६५,०००।-