अवैध भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद
२०८०-०५-२५
- A
- A-
- A+
पर्सा, मिति २०८०।०५।२३ गते जिल्ला प्रहरी कार्यालय पर्सा अर्न्तगतका निम्न
लिखित प्रहरी कार्यालयबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका निम्न लिखित विवरणका
सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको ।
जि.प्र.का.पर्साको टोलीबाट
१. साडी-३१२ पिस
२. लेथको पार्टस-८ वटा
३. गलेण्डर मेसिन-१ थान
४. कुर्ता सुरवाल- २७ पिस
५. चिनी-१६४ के.जी.
६. थान कपडा-२८५ मिटर
७. रेडबुल-४८ पिस
८. पंखा-२ थान
९. केराउ-१०२ के.जी.
१०.भेष्ट-९२ पिस
जम्मा रू.८,१६,३६०।– ( आठ लाख सोह्र हजार तिन सय साठ्ठी )