बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०५-२५
- A
- A-
- A+
पर्सा, मिति २०८०।०५।२४ गते २२:३० बजे राती बिल विजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको माल
बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा
वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा भे.१ ख ३१९४ नम्बरको
मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको
तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अं.मू. रू. ७५,९२,७२४।– (पचहत्तर लाख
बयान्वे हजार सात सय चौबीस) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको लत्ताकपडा तथा
खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति
२०८०।०५।२५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।