मिनि पिकअप सहित सामान नियन्त्रणमा
२०८०-०५-३१
- A
- A-
- A+
बारा, मिति
२०८०/०५/३० गते अ. १५:४५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.०७ जितपुर
स्थित ई.प्र.का. जितपुर बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाँच
गर्ने क्रममा बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको BR 06 G 8334 न.को भारतीय
मिनि पिकअपलाई चेक जाँच गर्ने क्रममा हार्डवेयरको मेसिनरी पार्टसहरु जम्मा अ. मुल्य
रू. ३३,३३,४७१/-(तेतिस लाख तेतिस हजार चार सय एकहत्तर रुपैयाँ) बराबरको सामानहरुको
रकम र सामानहरुको परिमाण नमिलेकोले पिकअप सहित नियन्त्रणमा लिई ई.प्र.का. जितपुरमा
ल्याई राखिएको ।