भन्सार छलीका सामान सहित गाडी नियन्त्रणमा
२०८०-०५-३१
- A
- A-
- A+
मिति २०८०।०५।३० गते
अं.१६;१० बजेको समयमा जि. सर्लाही
चन्द्रनगर गा.पा.६ कामद स्थित दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको BR 06 PA 1525 नं. को टाटा सुमोमा विभिन्न किसिमका लत्ता कपडाहरु भन्सार छली
ल्याउँदै गरेको अवस्थामा जि.प्र.का. सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा खटिएको
टोलीलाई देखी सुमो चालक फरार भएको उक्त गाडी र सामान सहित जम्मा अं. मु. रु.
१३,२५,२५०/- बराबरको सामान नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई राखेको ।