चालु मुद्दाका फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०५-३१
- A
- A-
- A+
१.
धनुषा, मिति २०८०/०५/३० गते अं.१६:०० बजेको
समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.२० देवपुरा रूपैठ बस्ने ठगी मुद्दाको फरार
रहेको प्रतिवादी रामचन्द्र दासको श्रीमती अं.वर्ष ४२ की अरूलिया देवी दासलाई जि.प्र.का.
धनुषाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले निजको घरबाट पक्राउ गरी अनुसन्धानको
लागि जि.प्र.का. धनुषामा ल्याई राखिएको ।
२.
धनुषा, मिति २०८०/०५/३० गते अं.२२:०० बजेको
समयमा जिल्ला धनुषा मुखियापट्टी-मुसहरनिया गा.पा.५ लवटोलि बस्ने ज्यान मार्ने
उद्योग र अंगभङग चालु मुद्दाको फरार प्रतिवादी अं.वर्ष ४३ को सतु यादवलाई गोप्य
सुचनाको आधार जि.प्र.का.धनुषाबाट खटिएको प्र.नि.को टोलिले नियन्त्रणमा लिई
जि.प्र.का.धनुषामा ल्याई राखिएको ।