प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मंसिर २०८२
बिलबिजक भन्दा फरक भएको सामानहरु सहित ट्रकहरु प्रहरीको नियन्त्रणमा
२०८२-०८-२८

१.      बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०१ पथलैया चेकप्वाईन्ट स्थितबाट बिलबिजक भन्दा फरक भएको खुर्सानी, मोबिल, सर्जिकल, पेन्ट, किट्नासक औषधी, चना, ईलेक्ट्रिकल, जुत्ता, टेपसोल, लिक्युड, मोबिल, मेडिसियन तथा जाली लगायतका) अन्दाजी रु.१,९४,४२,४१४।- (एक करोड चौरानब्बे लाख बयालिस हजार चार सय चौध) बराबरको सामान सहित ना ७ ख ९९९६, ना ७ ख ११७४, ना ६ ख २९१६ र प्रदेश ०२-०३-००१ ख ४४८५ नम्वरको ट्रकहरु शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले बिशेष सुचनाको आधारमा वीरगंज बाट पथलैया तर्फ आउदै गरेको ट्रकहरुलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा बोकेको सामानहरु बिलबिजक भन्दा फरक देखिएकोले उक्त सामानहरु सहित ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२८

१. सर्लाही, लालबन्दी नगरपालिका वडा नं. ०५ स्थित डाँडाटोलबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पद्धार्थ २१२ ग्राम सहित जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका ०३ घर भई हाल लालबन्दी नगरपालिका वडा नं. ०५ स्थितमा बिगत ४ बर्ष देखी सेकेण्ड होम होस्टेल संचालन गरी बसेका अन्दाजी बर्ष ३४ को सुवास लमिछानेलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलिले लालबन्दीमा निर्माण भईरहेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा तलासी गर्दा उक्त घरको पश्चिम दक्षिण कोठा भित्र रहेको भित्ताको प्वालमा कालो रंगको प्लाष्टिकमा प्याक गरी राखेको लागू औषध फेला पारी उक्त लागु औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २. सर्लाही, बरहथवा नगरपालिका वडा नं.१२ स्थितबाट लागू औषध (प्लास्टिक सहित ३१ किलो ५९० ग्राम, प्लाष्टिक बाहेक ३१ किलो ४०० ग्राम) गाँजा, प्रदेश १-०२-०५२ प ३५०६ नम्बरको मोटरसाइकल सहित जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने टेक बहादुर ठोकरको छोरा अन्दाजी बर्ष २५ को मान बहादुर ठोकर र सोही स्थान बस्ने जित बहादुर स्याङतानको छोरा अन्दाजी बर्ष २९ को कान्छाराम स्याङतानलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएका गस्ती टोलीले लालदियर बाट धनगढा तर्फ जाँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाइकलको पछाडी राखेको बोरामा र चालकले भिरेको झोलामा राखेको लागू औषध फेला पारी उक्त लागु औषध, मोटरसाइकल सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खुद्रा सामानहरु सहित ट्रकहरु प्रहरीको नियन्त्रणमा
२०८२-०८-२६

१.      पर्सा, वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर हनुमान चौकबाट अन्दाजी मुल्य रु. १,८६,६१,९७९।– बराबरको बिल बिजक भन्दा बढि भएको खुद्रा सामानहरु सहित ना ८ ख ४५६३ र ना ८ ख २१०८ नम्बरको ट्रकहरु मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगंज बाट पथलैया तर्फ जादैं गरेको ट्रकहरु माथी शंका लागि रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढि भएको खुद्रा समानहरु फेला पारी उक्त सामानहरु सहित ट्रकहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी बिहिबार बिहान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२६

१    सिरहा, मिर्चैया नगरपालिका वडा नं. ७ छगरियाबाट लागु औषध ३.५ किलोग्राम गाँजा र बा ४२ प ४७७७ नम्बरको मोटरसाईकल सहित जिल्ला उदयपुर तापली गाउँपालिका वडा नं. २ लेखगाउँ नयाँ बस्ने नन्द बहादुर राईको छोरा अन्दाजी बर्ष ४८ को प्रेम बहादुर राईलाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट फुलवरियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उदयपुरबाट मिर्चैया तर्फ आउँदै गरेको मोटरसाईकल रोकि चेकजाँच गर्ने क्रममामा निजले पछाडि बोकेको भिर्ने झोलाबाट लागु औषध फेला पारी उक्त लागु औषध र मोटरसाईकल सहित   निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. पर्सा, ठोरी गाउँपालिका वडा नं. ४ निर्मलबस्तीबाट लागु औषध ९१ किलोग्राम गाँजा बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर सुवर्णपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको ९/१० जनाको अज्ञात व्यक्तिहरुले ढाँडमा बोकी लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि गाँजा छाडि फरार भएकोले उक्त लागु औषध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त लागुऔषध सोहि दिन दिउँसो प्रहरी चौकी बिजयबस्तिका प्रहरी टोलीले बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका पहरी कार्यालय ठोरी पठाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२५

१.         धनुषा, धनौजी गाउँपालिका वडा नं. ०४ तरही स्थितबाट लागू औषध ७८ पिस I-pan-10 र १५ पिस Spasmo – Proxyvon plus गरी जम्मा ९३ पिस सहित जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. १३ रघुनाथपुर बस्ने शिव दयाल यादवको छोरा अन्दाजी वर्ष २५ को बैधनाथ यादवलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरी चेकिङ् टोलिले विशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम रितपुर्वक चेकजाँच गर्दा निजको साथबाट उक्त लागू औषध फेला परेको हुँदा लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिल बिजक नभएको औषधीहरु नियन्त्रणमा
२०८२-०८-२४

१. बारा, जितपुरसिमरा उप-महानगरपालिका वडा नं. २१ अम्लेखगंज चेक पोईन्टबाट अन्दाजी मुल्य रु. ५,१७,७९४।– (पाँच लाख सत्र हजार सात सय चौरानब्बे रुपैया) बराबरको बिलबिजक नभएको भारतबाट ल्याईएका औषधीहरु मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले बिशेष सुचनाको आधारमा वीरगंजबाट काठमाण्डौं तर्फ जादै गरेको बागमति प्रदेश ०१-००६ ख ७८२० नम्बनको यात्रु बाहक बस रोकि चेकजाँच गर्दा लुकाई छिपाई राखेको Pregout Kit लेखिएको ९० पत्ता, Zenegra Red लेखिएको ८७८ पत्ता र V-Good Health लेखिएको ४०० पत्ता औषधीहरु फेला पारी उक्त औषधीहरु प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २. सर्लाही, बागमति नगरपालिका वडा नं. १२ कर्मैया चेकपोष्टबाट बिल-बिजक नभएको १९२ किलोग्राम अन्दाजी मुल्य रु. ४,५०,००० ।- (चार लाख पचास हजार) बराबरको (कालो ठुलो) इलाईची मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा गौर बाट जनकपुर तर्फ जादै गरेको ना ४ ख ८४८६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा लुकाई छिपाई लैजादै गरेको इलाईची फेला पारी प्रहरीले नियन्त्रण लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि मलगंवा भन्सार कार्यालयमा बुझाएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२४

१. पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ नगवा पोखरी स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने वस्तु  (प्लाष्टिक सहित ३०० मिलिग्राम र प्लाष्टिक बाहेक १२० मिलिग्राम) सहित बिरगंज माहानगरपालिका वडा नं. १६ नगवा बस्ने राजवलि महतोको छोरा अन्दाजी वर्ष २० को नितेश महतोलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको दाँया खल्तिमा लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर फेला पारी उक्त लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकबाट लागू औषध Tramol-50 लेखेको ६०५३ पत्ता - ६०५३० पिस) सहित जिल्ला धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने कुमार मगरको छोरा अन्दाजी बर्ष १९ को रामहरी मगर र जिल्ला धादिङ्ग सिदलेख गाउँपालिका वडा नं. ७ बस्ने गोबिन्द बहादुर मगरातीको छोरा अन्दाजी बर्ष १९ को राजकुमार मगरातीलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले गोप्य सुचनाको आधारमा वीरगंज बाट काठमाण्डौं तर्फ जादैं गरेको बागमति प्रदेश ०८-००१ ज ०११७ नं. को EV गाडी रोकी चेकजाँच गर्दा उक्त गाडिमा रहेको दुई वटा सुटकेशमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागु औषध फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।थप: माथी उल्लेखित लागु औषध सम्बन्धी प्रारम्भिक अनुसन्धानको शिलशिलामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२४ रामगढवा टोल बस्ने अन्दाजी बर्ष ४५ को लालबाबु प्रसाद चौरसियाको घरमा खानतलासी गर्दा Tramol-50 लेखिएको लागु औषध १५३४ पत्तामा जम्मा १५३४० क्याप्सुल सहित जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २४ बस्ने कन्हैया प्रसाद कुर्मीको छोरा अं.बर्ष २० को युवराज पटेल र सोहि स्थान बस्ने बच्चा देवानको छोरा अं.बर्ष २१ को अफजल देवानलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १० ठाकुराम क्याम्पसको नयाँ भवनबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने वस्तु (प्लाष्टिक सहित १ ग्राम ६३० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ४४० मिलिग्राम) सहित वीरगंज महानगरपालिका वडा नं. १७ अलौ बस्ने रामबाबु प्रसाद गुप्ताको छोरा अन्दाजी बर्ष २४ को बिशाल कुमार गुप्तालाई मंगलबार दिउँसो नियन्त्रणमा प्रहरीले लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले बोकेको पर्सको भित्र लुकाई छिपाई राखेको लागू औषध खैरो हेरोईन फेला पारी लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४. धनुषा, जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वर चेक पोईन्टबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ४.७२० मिलिग्राम र प्लाष्टिक बाहेक ३.७६ मिलिग्राम), प्रदेश २-०२-००१ प ९१७३ नं.को मोटरसाईकल सहित जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. १ ठाडी बस्ने राम प्रसाद साह तेलीको छोरा अन्दाजी बर्ष ४१ को अशोक कुमार साहलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भोईल बाट जनकपुर तर्फ आउदै गरेको मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलको सिट मुनी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध फेला पारी उक्त लागुऔषध सहित मोटरसाईकल र निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको पैसा (रकम) सहित मानिस नियन्त्रणमा
२०८२-०८-२४

१. सिरहा, बरियारपट्टि गाउँपालिका वडा नं. २ स्थितबाट स्रोत नखुलेको नेपाली रकम नगद रु. ७,००,०००।– (सात लाख), BR32AW 8377 नं. को स्कुटी सहित जिल्ला सिरहा बरियारपट्टि गाउँपालिका गडा नं. ३ बस्ने गणेशी महतोको छोरा अन्दाजी बर्ष ४६ को दिनेश महतोलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको संयुक्त टोलीले विशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको स्कुटि रोकी चेकजाँच गर्दा स्कुटिको डिकीमा लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली पैसा फेला पारी उक्त पैसा, स्कुटि सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०८-२२

१.      सर्लाही, ब्रहम्पुरी गाउँपालिका वडा नं. ०४ त्रिभुवननगर प्रहरी चौकीको पछाडी पट्टीको बाटो स्थितबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु.१२,२९०००।– (अक्षरेपी बाह्र लाख उन्नतिस हजार), BR 30 Y 3287 नम्वरको मोटरसाइकल सहित  देश भारत बिहार जिल्ला सितामढी ग्राम पंचायत सोनवर्सा वडा नं.२ बस्ने अन्दाजि वर्ष २९ को धर्मेन्द्र महतोलाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटतसाइकल माथि शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रकम रु.१००० को ८१४ थान, रु.५०० को ६७१ थान, रु.१०० को ७१२ थान, र रु.५० को १६६ थान गरी माथी उल्लेखित जम्मा रकम फेला पारी स्रोत नखुलेको रकम र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२१

१.      सर्लाही, लालबन्दी नगरपालिका वडा नं. ११ हिरापुर स्थितबाट लागू औषध ५२ किलोग्राम गाँजा, बा १२ च ४७१० नं.को पिकअप सहित लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने शेर बहादुर वाईवाको छोरा अन्दाजि बर्ष २५ को गंगा बहादुर वाईवालाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । हिरापुर स्थित लागू औषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाक प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी चेकिङ् टोलिले पत्थरकोटबाट लालबन्दी तर्फ आउँदै गरेको बा १२ च ४७१० नं. को सेतो रंगको पिकअप गाडी रोकी चेकजाँच गर्दा उक्त गाडिको चालक बस्ने सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई गरी राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र पिकअप गाडी सहित निजलाई नियन्त्रणमा लिएको हो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०१ राष्ट्रिया बाणिज्य बैङ्क अगाडी भित्री सडकखण्डबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ५२.८५० ग्राम र प्लाष्टिक बाहेकको तौल ४७.६२० ग्राम ), प्रदेश २-०२-००५ प ३१५९ नं.को मोटरसाइकल  सहित  जलेश्वर नगरपालिका वडा नं.०६ बस्ने अन्दाजि बर्ष २६ को बिक्की कुमार मिश्र र जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. २२ बस्ने जिवन परियारको छोरी बर्ष अन्दाजी १६ की नेहा परियारलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्सिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा कृषी बिकास बैङ्कको भित्री बाटो हुदै गौरीडाडाँ तर्फ आउदै गरेको उक्त मोटरसाइकललाई रोकी चेकजाच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार निज नेहा परियारले हातमा झुण्डाएको सेतो प्लाष्टिको झोला भित्र ROMANZO CHOCO LAVA COOKIES लेखिएको चकलेटको बट्टामा लुकाई छिपाई राखेको सेतो प्लाष्टिक भित्र लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी रितपुर्वक बराबद गरी लागू औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.   सिरहा, गोलबजार नगरपालिका वडा नं.०६ वर्धमान हस्पिटल स्थित पुर्व पशचिम लोकमार्गबाट लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित  ४ ग्राम ३३ मिलीग्राम, प्लाष्टिक बाहेक २ ग्राम ), प्रदेश २-०१-००२ प ६२३६ नम्वरको पल्सर मोटरसाइकल सहित गोलबजार नगरपालिका वडा नं.०६ गोलबजार बस्ने योगेन्द्र साहको छोरा अन्दाजि वर्ष २४ को आशिष कुमार साहलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजार र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय गोलबजारबाट संयुक्त खटिएको प्रहरी चेकिङ् टोलिले चोहर्वाबाट गोलबजार तर्फ आउदै गरेको उक्त मोटरसाइकलमाथि शंका लागी नियन्त्रणमा लिई कानुन बमोजिम चेकजाँच गर्दा निजले लगाएको सर्टको माथिको बाँया  साईडको गोजिमा १९ वटा स-सानो कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.    सर्लाही,हरिवन नगरपालिका वडा नं. ०५ हिरालाल टोलबाट लागू औषध गाँजा ( प्लाष्टिक सहित ५१.५ किलोग्राम ) र ज १ च १५५८ नम्वरको एम्बुलेन्स सहित जिल्ला रौतहट यमुनामाई गाउपालिका वडा नं. ०४ सरूअठा टोल बस्ने अन्दाजी बर्ष ३७ को सुरेन्द्र राय यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त एम्बुलेन्समा लागू औषध गाँजा ओसार पसार हुदै छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी चेकिङ टोलिले सोही ठाउँमा उक्त एम्बुलेन्स रोकी नियन्त्रणमा लिई चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा  प्लाष्टिकको २ वटा बोरामा प्लाष्टिकको १० प्याकेट बनाई लुकाई छिपाई राखेको लागू औषध गाँजा फेला पारी लागू औषध र एम्बुलेन्स सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.     सर्लाही, ब्रहम्पुरी गाउपालिका वडा नं. ०४ प्रहरी चेकपोष्टबाट लागू औषध Nitrazepam ( Nitcor-10 लेखेको २६ पत्ता -२५४ पिस ), मधेश प्रदेश -०३-००१ ह ३४९ नम्वरको अटो सहित ईश्वरपुर नगरपालिका वडा नं. ०५ बस्ने  हदिस मिकरानिको छोरा अन्दाजि बर्ष ३५ को जावेद हुसेन र सोहि स्थानमा बस्ने चेत बहादुर परियारको छोरा अन्दाजि बर्ष २२ को स्वय परियारलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त अटोमाथी शंका लागी चेकजाँच गर्दा चालकको अगाडी भएको ऐनामाथी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध फेला पारी लागू औषध र अटो सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खोटा मुद्रा सहित मानिसहरू नियन्त्रणमा
२०८२-०८-१७

१.      रौतहट, ईशनाथ नगरपालिका वडा नं. ०४ लम्मरी स्थितबाट खोटा मुद्रा जस्तो देखिने ( जाली नोट ) नेपाली खोटा रु. १०००/- को नोट ११८ ( एक सय अठाह्र ) थान गरी जम्मा खोटा रु.१,१८,०००/- (एक लाख अठाह्र हजार ), BR 05 AT 0983 नं. को मोटरसाइकल सहित देवाही गोनाही नगरपालिका वडा नं. ०४ बस्ने सोनालाल राउतको छोरा अन्दाजि बर्ष २० को अजय पटेल, सोहि स्थानमा बस्ने रामबाबु पटेलको छोरा अन्दाजि बर्ष २१ को गेनालाल पटेल र देश भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण वडा नं.२ कुडवा चैनपुर बस्ने बिरेन्द्र सिंहको छोरा अन्दाजि बर्ष २३ को जयप्रकाश कुमारलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मठिया महुलिया र  नेपाल बोर्डर आउट पोष्ट मठिया रौतहटबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाइकलमाथी शंका लागी रोक्न खोज्दा मोटरसाइकल र आफुसंग बोकेको जाली नोट फाली भाग्न खोज्दा निजहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम चेकजाँच गर्दा निजहरुसंग खोटा मुद्रा बरामत गरी खोटा मुद्रा र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०८-१६

 १.   बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०१ पथलैया चोकबाट अबैध भन्सार छली (बिलबिजक भन्दा फरक भएको) कटन मार्किङ कपडा, कुर्ता सुरुवाल, कर्टन सारी, लेडिज सल, प्रिन्ट कपडा र झोलाको कपडाहरु सहित अन्दाजी  रु. ४२,५५,०००।– (बयालिस लाख पचपन्न हजार) बराबरको सामान सहित ना ७ ख ५८५२ नं.को ट्रक सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको चेकिङ्ग टोलीले विशेष सुचनाको आधारमा बिरगंजबाट काठमाण्डौं तर्फ जादै गरेको उक्त ट्रकमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१६

१.      पर्सा, पर्टवा सुगौली गाउँपालिका वडा नं. ०२ रङ्गपुर टाडी टोलबाट लागू औषध गाँजा ( १०४ किलो ३२५ ग्राम ), B AB 2398 नं. को मारुती सुजुकी गाडी सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ०८ धर्केमहाबिर टोल बस्ने बर्ष ३२ को भिम स्याङताङ र सोही स्थान वडा नं. ०१ आँपटार टोल बस्ने बर्ष ३८ को कुमार स्याङताङलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले मनवा बाट रंङगपुरटाडी तर्फ जादै गरेको उक्त गाडीमाथी शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको १० ओटा बोरामा लुकाई छिपाई राखेको उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र गाडी सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, निजगढ नगरपालिका वडा नं. ११ तपशैया नजिकै जंगलबाट लागू औषध गाँजा ७ किलोग्राम, ना ५८ प ७७२७ नं.को मोटरसाइकल सहित जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ बस्ने बर्ष २८ को हुसन अंसारी र सोहि स्थानमा बस्ने बर्ष ४५ को अल्यास देवानलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले रतनपुर बाट तामागढी तर्फ आउदै गरेको उक्त मोटरसाइकल माथी शंका लागि चेकजाँच गर्दा दुई जनाको बिचमा कालो ब्याग भित्र रातो प्लाष्टिकले  बेरी लुकाई छिपाई राखिएको उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ३.      पर्सा, विरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थितबाट लागू औषध चरेश जस्तो देखिने पदार्थ ( १० किलोग्राम ) सहित धोबिनी गाउँपालिका वडा नं. ०५ बस्ने बर्ष ४८ को सम्सुल मियाँलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई कानुन बमोजीम खानतलासी गर्दा निजले बोकेको कालो ब्यागभित्र प्लाष्टिकले बेरि लुकाई छिपाई राखेको अवस्थाबाट लागू औषध चरेश जस्तो देखिने पदार्थ फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

१.      बारा, पचरौता नगरपालिका वडा नं. ०३ भठी बैरीया विधालय नजिकबाट लागू औषध Tramadol ( ४५९० पत्ता, ४५९०० पिस ) सोमबार बिहान प्रहरीले नियन्त्रणामा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौन्गढ र प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाइकल माथी शंका लागी रोक्न खोज्दा मोटरसाइकल चालकले आफुसंग भएको बोरा फाली मोटरसाइकल सहित फरार भएकोले बोरा चेकजाँच गर्दा बोरा भित्र उक्त लागू औषध Tramadol फेला पारी नियन्त्रणमा लिई, फरार मोटरसाइकल र मोटरसाइकल चालकको खोजतालस कार्य भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ०४ सुन्दरबस्ती टोलबाट लागू औषध गाँजा ( ४ किलो ७५० ग्राम ) सहित चन्द्रपुर नगरपालिका वडा नं. ०४ सुन्दरबस्ती टोल बस्ने नर बहादुर योन्जनको छोरा अन्दाजी बर्ष ३३ को सुमन तामाङ योन्जनलाई आईतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । योन्जनले आफ्नै घरमा लागू औषध गाँजा बिक्री बितरण गरिरहेको छ भने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई नियन्त्रणमा लिई कानुन बमोजिम निजको घर खानतलासी गर्दा आफु सुत्ने कोठामा पलङको घर्रामा कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०८-१४

१.     पर्सा,बिरगंज महानगरपालिका वडा नं. १६ रजत जयन्ती चोक स्थितबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु. १०,००,०००।–( अक्षरेपी दश लाख ), मधेश प्रदेश-०३-०२५ प ९७०८ नम्बरको मोटरसाइकल सहित भारत बिहार राज्य मोतीहारी जिल्ला पुर्वि चम्पारण रक्सौल परेउवा वडा नं.०१ एयरपोर्ट रोड बस्ने श्रीलाल साहको छोरा अन्दाजि वर्ष ५३ को सुरेन्द्र साहलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघर, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाइकललाई माथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाइकलको बाँया पट्टिको साईड पल्ला (एयर फिल्टर नजिकको टुल बंक्स) मा लुकाई छिपाई राखेको उक्त रकम बरामत गरी रकम र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०८-१४

१.    सर्लाही, बागमती नगरपालिका वडा नं. १२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल-बिजक र VCTS बिलमा फरक भएको ) मेडिकल सर्जिकल आईटम र स्पेयर पार्टसका खुद्रा सामानहरुगरी अन्दाजि मुल्य रु.७८,१४,५१७।–( अक्षरेपी अठ्हत्तर लाख चौध हजार पाँच सय सत्र) बराबरको समान सहित ना ८ ख १००५ नम्बरको डब्बा ट्रक शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले बिराटनगरबाट ललितपुर तर्फ जादै गरेको उक्त डब्बा ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त डब्बा ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१४

१.       पर्सा, जिराभवानी गाउपालिका वडा नं. ०५ शंकर सरैया टोलबाट लागू औषध गाँजा (प्लाष्टिक सहित ३० किलोग्राम )  सहित देश भारत बिहार राज्य जिल्ला बेतिया मुसहरी टोल बस्ने अन्दाजि बर्ष ६५ को गामा बिनलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थाई प्रहरी पोष्ट शंकर सरैयाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले पिठ्युमा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखिरहेको लागू औषध गाँजा फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार कैदी नियन्त्रणमा
२०८२-०८-१२

१.      रौतहट,चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर १० बाल्चनपुर स्थितबाट ( Generation-Z (Gen-Z) को आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासत कक्षबाट फरार रहेको बैंकिङ कसुर मुद्दाका फरार थुनुवा रौतहट वृन्दाबन नगरपालिका वडा नम्वर ०९ बस्ने सहित मिया धुनियाको छोरा  बर्ष ५२ को अमिन मिया धुनियालाई बिहिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । निज आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय डुमरीयाबाट खटिएको प्रहरी गस्ति टोलिले निज बैंकिङ कसुर मुद्दाको थुनुवालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई बुझाइएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१२

 १.      बारा, विश्रामपुर गाउपालिका वडा नं. ०१ खेखरिया स्थितबाट लागू औषध कोकिन जस्तो देखिने पदार्थ ( प्लाष्टिक सहित २१ ग्राम ६५० मिलिग्राम ), BR 05 AN 3532 न.को मोटरसाइकल सहित देश भारत पुर्वि चम्पारण बिहार नायकटोल बस्ने श्याम सुन्दर साहको छोरा अन्दाजि बर्ष ३५ को लालबाबु साहलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छतवा बाराबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाइकल माथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाइकल पछाडी दुध बोक्नको लागी बनाएको फलामको साँचो मुनि जुटको बोरामा लुकाई छिपाई गरी राखेको १९ वटा सेतो प्लाष्टिकको प्याकेटमा उक्त लागू औषध फेला पारी लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     सिरहा, नरहा गाउपालिका वडा नं. ०३ चौहर्वा चोक स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ( प्लाष्टिक सहित ७ ग्राम १२० मिलिग्राम प्लाष्टिक बाहेक ६ ग्राम ०५ मिलिग्राम ) सहित जिल्ला सर्लाही हरीवन नगरपालिका वडा नं. १० बस्ने पदम बहादुर रिजालको छोरा अन्दाजि बर्ष ३२ को कृष्ण रिजाल, उदयपुर कटारी नगरपालिका वडा नं. ०२ ग्रास बस्ने बिर बहादुर मगरको छोरा अन्दाजि बर्ष २३ को केदार कुमार मगर, सोही स्थानमा बस्ने टेक बहादुर थापाको छोरा अन्दाजि बर्ष १९ को अर्थमान थापा र सोही स्थानमा बस्ने हेम प्रसाईको छोरा अन्दाजि बर्ष ३३ को देब प्रसाद प्रसाईलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले प्रतिबन्धित लागू औषध बिक्रि बितरण गर्नको लागी काठमाण्डौं केही ब्यक्तिहरु जादै छ भन्ने गोप्य सुचनाको आधारमा काठमाण्डौं तर्फ जादै गरेको सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा मधेश प्रदेश-०४-००१ ख ०१७० नम्बरको ट्रक रोकी ट्रकमा सवार निजहरु माथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निज रिजालले लगाएको ज्याकेटको दाहिने पट्टिको गोजिबाट कालो रङको प्लाष्टिकमा पोका बनाई लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०७

१.      रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ०४ स्थित देउराली चोकबाट लागू औषध ५,२५० पिस ट्रमाडोल सहित ना २५ प    ६२८ नं.को मोटरसाइकल शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय चपुर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा देउराली चोक नजिकै गौरबाट चपुर तर्फ आउदै गरेको उक्त मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकल छाडी चालक फरार भएकोले मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा रातो रंगको कपडाको झोलामा उक्त लागू औषध फेला पारी लागू औषध सहित मोटरसाइकल नियन्त्रणमा लिई, फरार रहेको व्यक्तीको खोजतलास भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.       सिरहा, लहान नगरपालिका वडा नं. ०१ पुर्व पश्चिम लोकमार्ग सडकखण्डको ट्राफिक चौक स्थितबाट लागू औषध गाँजा ( बोरा र प्लाष्टिक बाहेक १००४.४५० किलोग्राम ), ना ५ ख ३२०९ नम्बरको ट्रक सहित जिल्ला सखुवासभा धर्मदेवी नगरपालिका वडा नं. ०९ छिपिधारा टोल बस्ने गंगा बहादुर विश्वकर्माको छोरा अन्दाजि वर्ष २४ को टंक विश्वकर्मा र जिल्ला धनकुटा छथर जोरपारी गाउपालिका वडा नं. ०२ बस्ने शेखर राणा मगरको छोरा अन्दाजि वर्ष २२ को खेम राणा मगरलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले गोप्य सुचनाको आधारमा पुर्व पश्चिम महेन्द्र राजमार्गमा मिर्चैयाबाट रुपनीतर्फ जादै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई ३१ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरी लुकाई छिपाई गरी राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र ट्रक सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०५

१.          महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०१ स्थित महेन्द्र राजमार्गबाट लागू औषध ट्रमाडोल ३०० पत्ता ( प्रति पत्ता १० पिसका दरले ३००० पिस ) सहित जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ०७ योजना टोल बस्ने मोहन दर्लामीको छोरा वर्ष २७ को मुकेश दर्लामीलाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र  लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा भक्सी पुलबाट पुर्व तर्फ जादै गरेको निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई कानुन बमोजिम निजको शरिर खानतलासी गर्दा निजले हातमा झुण्ड्याएको न्यु लुक्स फेन्सी स्टोर लेखिएको कलेजी रंगको झोला भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई गरी राखेको लागू औषध ट्रमाडोल फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, कञ्चनरुप नगरपालिका वडा नं. ०२ बरमझिया स्थितबाट लागू औषध गाँजा ( बोरा र प्लास्टिक सहित ९८९ किलोग्राम तथा बोरा र प्लाष्टिक बाहेक ९७८ किलोग्राम ), ना ५ ख ५३५ नं.को ट्रक सहित जिल्ला सुनसरी धरान नगरपालिका वडा नं.१३ बस्ने बर्ष २५ को संजय श्रेष्ठलाई बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको आधारमा पुर्व पश्चिम महेन्द्र राजमार्गमा फत्तेपुरबाट भारदह तर्फ जादै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरी लुकाई छिपाई गरी राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र ट्रक सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०४

१.          सिरहा, कर्जन्हा नगरपालिका वडा नं. ०३ बन्दिपुर चेकपोष्टबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ( प्लाष्टिक सहित २१.२९ ग्राम प्लाष्टिक बाहेक १५.६० ग्राम तौल ) सहित लाहान नगरपालिका वडा नं. ०१ लहान मटेर्वा टोल बस्ने अधिक लाल यादवको छोरा अन्दाजि बर्ष २२ को अमित यादवललाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको अधारमा काकरभिट्टा देखि काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश-०३-००१ ख २६५४ नम्बरको यात्रुबाहक बसलाई रोकी उक्त बसमा सवार निज यादव माथी शंका लागी नियन्त्रणमा लिई कानुन बमोजिम निजको शरिर खानतलासी गर्दा निजको साथमा रहेको ब्याग भित्र प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध ब्राउन सुगर फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०३

१.      सर्लाही, मलंगवा नगरपालिका वडा नं. ०३ नगरपालिका चौक स्थितबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ( प्लाष्टिक सहित १६ ग्राम ०४ मिलिग्राम, प्लाष्टिक बाहेक ८ ग्राम ३५० मिलिग्राम तौल ), BR 30 AL 4742 नम्बरको मोटरसाइकल सहित मलंगवा नगरपालिका वडा नं. ०३ बस्ने अन्दाजि बर्ष ३५ को मोहम्द अजमल मिकरानी र सोहि स्थानमा बस्ने अन्दाजि बर्ष ६० को मोहम्द एजाजुल हक मिकरानीलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले बिशेष सुचनाको आधारमा उक्त मोटरसाइकललाई रोकी निजहरुलाई नियन्त्रणमा लिई  चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि पहेलो जिब्रा ब्याग भित्र कागजको खोलमा प्लाष्टिकको टेपले रेपिङ गरी लुकाई छीपाइ राखेको लागू औषध खैरो हेरोइन फेला पारी लागू औषध, मोटरसाइकल  सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ०३ गौरीडाडाँ काटा स्थित बि.पि. राजमार्गबाट लागू औषध ब्राउन सुगर ( प्लाष्टिक सहित १३.५४० ग्राम, प्लाष्टिक बाहेक ७.२ ग्राम तौल ) सहित जिल्ला धनुषा नगराईन नगरपालिका वडा नं. ०९ घोरघास बस्ने जगन्नाथ ठाकुरको छोरा अन्दाजि बर्ष ३२ को पंकज कुमार ठाकुरलाई वुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको अधारमा धनुषाबाट काठमाण्डौं तर्फ जादै गरेको बाग्मती प्रदेश-०१-००६ ख ८७८२ नं. को यात्रुवाहक हाईस गाडीलाई रोकी उक्त गाडिमा सवार निज ठाकुर माथी शंका लागी नियन्त्रणमा लिई कानुन बमोजिम निजको शरिर खानतलासी गर्दा निजको साथमा रहेको सुन्तला रंगको प्लाष्टिकको खैनीको डिब्बा भित्र खैनीले छोपी कालो प्लाष्टिकले बेरी बनाएको स-सानो ३६ वटा पोका लुकाई छिपाई राखेको अवस्थामा लागू औषध ब्राउन सुगर फेला पारी लागू औषध, सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      बारा, फेटा गाउपालिका वडा नं. ०१ त्रिवेणीबाट लागू औषध ब्राउन सुगर ( प्लाष्टिक सहित २२.८७० ग्राम, प्लाष्टिक बाहेक ७.९४० ग्राम तौल ) सहित फेटा गाउपालिका वडा नं. ०१ त्रिबेणी बस्ने हरदेउ महतोको छोरा अन्दाजि बर्ष ४२ को कृष्ण महतो, सोहि स्थानमा बस्ने राम चन्द्र बैठाको छोरा अन्दाजि बर्ष ३२ को लालु कुमार बैठा, सोहि स्थानमा बस्ने गाया साहको छोरा अन्दाजि बर्ष ३६ को लालु साह, निजगढ नगरपालिका वडा नं. ०८ बस्ने जित बहादुर लामाको छोरा अन्दाजि बर्ष ४० को राज कुमार लामा, निजगढ नगरपालिका वडा नं. ०७ बस्ने प्रताप श्रेष्ठको छोरा अन्दाजि बर्ष २५ को अविषेक श्रेष्ठलाई वुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । कृष्ण महतोको घरमा ब्राउन सुगरको पुरिया बनाई रहेको छ भनि बिशेष सुचनाको आधरमा इलाका प्रहरी कार्यालय प्रसौनी बारा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्सा बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले निज कृष्ण महतो लगायत सबैजनालाई पुरिया बनाई रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई कानून बमोजिम घर खानतलासी गर्दा उक्त लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागू औषध सहित निजरहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा:-
२०८२-०८-०२

१.      पर्सा, जगरनाथपुर गाउपालिका वडा नं. ०१ बिसनपुर्वा स्थितबाट लागू औषध गाँजा प्लाष्टिक सहित १० किलोग्राम तथा प्लाष्टिक बाहेक ९ किलो ८०० ग्राम सोमबार बिहान सश्स्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सश्स्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. पिडारीगुठ्ठी पर्साबाट खटिएको प्रहरी गस्ति टोलीले नेपालबाट भारत तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकल रोक्न खोज्दा नरोकि भागेकोमा उक्त मोटरसाइकललाई लखेट्दै जादाँ मोटरसाइकल चालकले निजको साथमा रहेको प्लाष्टिकको बोरा छाडी मोटरसाइकल सहित फरार भएको र उक्त बोरा चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी लागू औषध नियन्त्रणमा लिई सश्स्त्र प्रहरीले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्सामा बुझाएको, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा,पचरौता नगरपालिका वडा नं. ०३ रामनगर नहर स्थितबाट लागू औषध गाँजा (प्लाष्टिक सहित ५४ किलोग्राम) सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी श्रीनगर बैरीया र प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले कोतवाली बाट रामनगर तर्फ जादै गरेको प्रदेश २-०३-००६ प ३६१४ नं.को कालो २०० cc NS पल्सर मोटरसाइकल रोक्न खोज्दा नरोकि भागेकोमा उक्त मोटरसाइकललाई लखेट्दै जादाँ मोटरसाइकल चालक मोटरसाइकल सहित निजको साथमा रहेको सेतो रङको २ वटा बोरा र रातो कालो रङको बोरा १ वटा छाडी फरार भएको र उक्त बोराहरु चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी लागू औषध सहित मोटरसाइकल नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, लालबन्दी नगरपालिका वडा नं.०६ शिव मन्दिर स्थितबाट लागू औषध गाँजा (प्लाष्टिक सहित ३८ किलो ८९० ग्राम ) , प्रदेश २-०३-००१ ह ३२८ नम्बरको अटो र ना ६० प ५५६ नम्बरको १५० cc पल्सर मोटरसाइकल सहित हरीवन नगरपालिका वडा नं. ०१ कटौना बस्ने अन्दाजि बर्ष ५५ को बद्री बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी गस्ती टोलिले लखनदेही लालबन्दी भित्री सडक खण्डमा लखनदेही खोलाबाट लालबन्दी तर्फ आउदै गरेको उक्त अटो र मोटरसाइकल माथी शंका लागी  रोक्न खोज्दा मोटरसाइकल चालक सोहि स्थानमा मोटरसाइकल छोडी फरार भएको तथा अटो, अटो चालक र मोटरसाइकल नियन्त्रणमा लिई कानून बमोजिम चेकजाँच गर्दा अटोको सिट मुनी रातो प्लाष्टिकमा एक पोका र मोटरसाइकल पछाडी बाधेको ६ पोकामा लागू औषध गाँजा फेला पारी लागू औषध, अटो र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०८-०२

१.    सर्लाही, बागमती नगरपालिका वडा नं. १२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा फरक भएको ) डाइपर, भेटेनरी मेडिसिन लगायत खुद्रा समानहरु गरी अन्दाजि मुल्य रु.४२,००,०००।–( अक्षरेपी बयालिस लाख) बराबरको समान सहित ना ६ ख ४५१२ नम्बरको ट्रक मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले बिराटनगरबाट काठमाण्डौं तर्फ जादै गरेको उक्त ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०१

१.        सर्लाही,पर्सा गाउपालिका वडा नं. ०३ संग्रामपुर टोलबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक बाहेक ११ ग्राम ९१ मिलिग्राम) सहित देश भारत जिल्ला सितामढी बेलागाँउ बस्ने शमद शेखको छोरा अन्दाजी बर्ष १८ को फरहाम रजा र देश भारत जिल्ला सितामढी सोनबर्षा बस्ने नसुरुदिन शेखको छोरा बर्ष अन्दाजी वर्ष २२ को तोशिफ रजालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । संग्रामपुर टोलमा सेवनकर्ताहरु लागु औषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा तोशिफ रजाले आफ्नो अण्डरवेयर भित्र लुकाई छिपाई राखेको खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.        धनुषा, विदेह नगरपालिका वडा नं. ०१ प्रहरी चौकी ठाडिझीझा अगाडीबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने तरल पदार्थ (प्लाष्टिक सहित ८ ग्राम २७० मिलिग्राम) सहित धनुषाधाम नगरपालिका वडा नं. ०७ किसानपुर बस्ने लक्ष्मण महराको छोरा अन्दाजी बर्ष २५ को सिकेन्द्र रामलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदल यात्रीलाई शंका लागी चेक जाँच गर्दा निजले लगाएको सर्टको बायाँ खल्तीबाट कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<
अधिक लोड >>
कम देखाउनुहोस् <<