प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खुद्रा सामान सहित ट्रक नियन्त्रणमा

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share


१.    बारा, मिति २०८१/०१/१५ गते अं. ०६:०० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ का. अगाडी इ.प्र.का. अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.५.ख. ८२३७ नं.को डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले खुद्रा सामान (सुकमेल, मिश्री, वाटर फिल्टर, फोटो फ्रेम, डिप फ्रिज आदि) रू.२९,८९,५८३/- (उनन्तिस लाख उनानब्बे हजार पाँच सय तिरासी रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व  अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।

२.    बारा, मिति २०८१/१/१५ गते अं. ०५:३०.बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ का. अगाडी इ.प्र.का. अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.५.ख. ७९२७ नं.को डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले खुद्रा सामान (मोटर पार्ट, डबल बेड सिट, कपुर दाना, पेपर बक्स, लेडिज सुट आदि) रू.४७,७९,४३८/- (सत्चालिस लाख उनासी हजार चार सय अड्तिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई राजश्व  अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-३०

१.      पर्सा, मिति २०८१/०१/२९ गते अं. १७:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थित प्र.चौ. ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा पैदल आवतजावत गर्ने मानिसहरुलाई चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ १ जना पुरुष व्यक्ति शंकाष्पद अवस्थामा पैदल आईरहेकोमा नाम, थर, वतन सोधपुछ गर्दा निजले आफ्नो नाम,थर, वतन जि. रौतहट गरुडा न.पा. ४ बस्ने अजय हजराको छोरा वर्ष अं. १९ को किसन हजरा बताएको निजको शरीर चेक जाँच गर्दा निजको साथमा लागू औषध NITRAVET-10 लेखिएको ५ पत्तामा ५५ पिस ट्याव्लेट, NORPHIN २ एम्पुल, DIAZEPAM २ एम्पुल र PHENERGAN २ एम्पुल फेला परेकोले निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  २.      धनुषा, मिति २०८१।०१।२९ गते अं. १६:३० बजेको समयमा जि. धनुषा मिथिला न.पा.९ बडहरी बजार स्थित पूर्व पश्चिम लोक मार्गमा इ.प्र.का. ढल्केवर, ला.औ. ब्युरो जनकपुर, अ.प्र.पोष्ट बडहरीबाट खटिएको संयुक्त टोलीले ढल्केबरबाट बर्दिबास तर्फ जाँदै गरेको प्र.३-०२-०१प०२८३ नम्बरको मो.सा.ले टुचन लगाई पछाडी ज.१२प.१४१६ नम्बरको मो.सा.लाई तानेर ल्याउँदै गरेको अबस्थामा रोकी प्र.३-०२-०१प०२८३ नम्बरको मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा.को पछाडिको ईण्डीकेटरमा लुकाई छिपाई ल्याएको खैरो हिरोईन जस्तो देखिने पदार्थ ५.६४० ग्राम (प्लाटिक सहित) फेला परेकोले उक्त ला.औ. सहित मो.सा. चालक जिल्ला महोत्तरी बर्दिबास न.पा.२ टावरटोल बस्ने बर्ष २३ को दिपक महतो र ज.१२प. १४१६ नम्बर मो.सा चालक ऐ.ऐ. बस्ने बर्ष २८ को सुभाष परियारलाई  नियन्त्रणमा लिई इ.प्र.का. ढल्केवरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

८० लाख नगद लुटपाट भएको सम्बन्धमा
२०८१-०१-३०

१.      धनुषा मिति २०८१/०१/२४ गते अं. ११:४५ बजेको समयमा जि.  धनुषा जनकपुर उ.म.न.पा. २ भानुचौकबाट रेल्वे  जाने बाटोमा रहेको हिमालयन बैंक लि. जनकपुर शाखाबाट ऐ.ऐ. १३ प्रगतिनगर बस्ने अं. वर्ष ५०/५५ को बिरेन्द्र महतोले ज.७प. ५१५१ नं. को मो.सा.मा CAT लेखिएको कालो ब्याग (झोला) मा नगद रु. ८०,००,०००/- (असी लाख) राखी शुभ श्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड रघुनाथपुर धनुषा तर्फ लिएर जादै गरेको अवस्थामा नं. प्लेट नखुलेको मो.सा. मा सवार ३ (तीन) जना व्यक्तिहरुले उक्त पैसा भएको व्याग लुटी फरार भएको घटना सम्बन्धमा मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले उक्त घटनामा संलग्न रहेका २ जना मानिस र निजको साथबाट रु. १४,५३,०००/- (चौध लाख त्रिपन्न हजार ) सहित नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

धारिलो हतियार प्रहार गरी हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
२०८१-०१-३०

१.      सप्तरी, मिति २०८१/०१/२७ गते बिहान अं. ०३:३० बजेको समयमा जिल्ला सप्तरी सप्तकोशी न.पा. १ मा रहेको नेपाल बैंक लिमिटेड फत्तेपुर शाखा, सप्तरीमा बैंक लुटपाट गर्ने उद्देश्यले बैंक भित्र प्रवेश गरी सोही बैंकका सुरक्षा गार्डको रुपमा डिउटीमा रहेका सप्तकोशी न.पा. २ बस्ने वर्ष ५५ को पर्शुराम फुंयाललाई धारिलो हतियार खुकुरी प्रहार गरी कर्तव्य गरी हत्या गरेको घट्ना सम्बन्धमा मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. यज्ञ बिनोद पोखरेलको प्रत्यक्ष निर्देशन र समन्वयमा मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको तालिम प्राप्त कुकुर सहितको प्राविधिक टोली र जि.प्र.का सप्तरी समेतको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरी उक्त घट्नामा संलग्न रहेका सप्तकोशी न.पा. ५ बस्ने वर्ष ३२ को चन्द्र बहादुर सुबेदीलाई खोजतलास गर्दै जाने क्रममा मिति २०८१/०१/२९ गते राप्ती न.पा. १ लोथर चितवनबाट नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । घट्नामा बरामद भएको सामानहरु:१.      घट्नामा प्रयोग भएको खुकुरी,२.      अभियुक्तले घट्नाको समयमा बोकेको झोला,३.      घट्नाको समयमा लगाएको जुत्ता, पञ्जा, सेन्डो, टोपी र सल,४.      घट्नामा प्रयोग भएको हेक्सो ब्लेड, रेन्चु, पिलास, डोरी र रड, ५.      वरदात स्थलमा प्रयोग गरेको काठ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२८

१.      पर्सा, मिति २०८१।०१।२७ गते अं. १०:३० बजेको समयमा बिन्दवासिनी गा.पा. ४ मधुबल बस्ने लगनदेव साह तेलीको छोरा अं. बर्ष ५१ को कृष्ण चन्द्र साहले आफ्नै घरमा लुकाई छिपाई ला.औ. गाँजा बेचबिखन गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजसँग रहेको कालो प्लाष्टिकको झोलामा ला.औ. गाँजा २५० ग्राम फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. पोखरीयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      सिरहा, मिति २०८१।०१।२७ गते अं. ०९:३० बजेको समयमा जिल्ला सिरहा औरही गा.पा. १ दरैहिया स्थित प्र.चौ. हर्कट्टीबाट खटिएको प्रहरी चेकिङ् टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बागमती प्रदेश ०२१प ८४८५ नं.को मो.सा.लाई शंका लागी चेक जाँच गर्दा मो.सा.को भाईजर भित्र लुकाई छिपाइ राखेको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित ११ ग्राम फेला परेकोले उक्त ला.औ., मो.सा. सहित मो.सा. चालक जिल्ला सिरहा गोलबजार न.पा. १२ बस्ने राजु मोक्तानको छोरा अं. बर्ष २३ को युगेश लामा र सोही मो.सा. पछाडी सवार जिल्ला सिराहा धनगढीमाइ न.पा. १० बस्ने कर्ण बहादुर श्रेष्ठको छोरा अं. बर्ष २३ को विषेश श्रेष्ठलाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।