स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०१-३०
- A
- A-
- A+
१. महोत्तरी,
मिति २०८१।०१।२९ गते अ. १३:०० बजेको समयमा जिल्ला
महोत्तरी मटिहानी न.पा. ६ स्थितमा प्र.चौ. मटिहानीबाट खटिएको प्रहरी टोलिले चेक
जाँच गर्ने क्रममा जिल्ला धनुषा ज.उ.म.न.पा. १ बस्ने मो.जलिल राईनको छोरा बर्ष २५ को अनिष राईनले चलाएको प्रदेश
२-०२-००४ प ७१६७ नम्बरको मो. सा. मा स्रोत नखुलेको नेपाली रु. ६,६८,५००/- (छ लाख
अर्सट्ठी हजार पाँच सय रुपैयाँ) नगद फेला परेकोले उक्त रकम सहित निजलाई
नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।