फरार प्रतिवादी पक्राउ
२०८१-०१-१६
- A
- A-
- A+
१.
बारा, मिति २०८१/०१/१५ गते
अं. ११:०० बजेको समयमा बैंकिङ कसु मुद्दामा २ महिना कैद र रु.९,७५,०००/- (नौ लाख
पचहत्तर हजार) जरिवाना भएको फरार प्रतिवादि जिल्ला पर्सा बिरगंज म.न.पा.२१
परवानीपुर बस्ने राम पुकार महतो कुशवाहको छोरा अं.वर्ष ३५ को सन्तोष कुमार
कुशवाहलाई इ.प्र.का. प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी इ.प्र.का. प्रसौनी
बारामा ल्याईएको राखिएको ।
२.
धनुषा, मिति २०८१।०१।१५ गते
अं. २०:१५ बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात
पश्चात फरार रहेका प्रतिवादी जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.५ बस्ने श्याम किशोर
साह सोनारको छोरा अं.बर्ष २५ को बिजय कुमार साहलाई इ.प्र.का.महेन्द्रनगरबाट खटिएको
प्रहरी टोलीले पक्राउ गरी इ.प्र.का. महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य
भईरहेको ।