प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share


रौतहट,  मिति२०८१।०१।१६ गते अं.०९:३० बजेको समयमा जिल्ला रौतहट गुजरा न.पा.३ बलुवा टोल बस्ने हुसेनी देवानको छोरा अं. वर्ष ७९ को बिगन देवानलाई सम्मानित रौतहट जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धि कसुर मुद्दामा ६ महिना कैद सजाय रहेकोमा इ.प्र.का. लक्ष्मिनिया रौतहटबाट खटिएको प्रहरी टोलीले निज फरार प्रतिवादीलाई निजकै गाँउ घरबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत गौर रौतहट पठाईएको ।

सम्बन्धित समाचार
लागु औंषध सहित मोटरसाईकल नियन्त्रणमा
२०८१-०२-०२

सर्लाही, मिति २०८१।०२।०१ गते अं.०९:५० बजेको समयमा जि.सर्लाही लालबन्दी न.पा. ३ जब्दी स्थित भित्री सडक खण्डमा इ.प्र.का. लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा जब्दीबाट रामपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००३ प ०७२३ नं.को २२० पल्सर मो.सा. रोक्ने क्रममा भागेर गएकोले मो.सा.लाई पछ्याउने क्रममा जि. सर्लाही ईश्वरपुर न.पा. ८ रामपुर स्थितमा मो.सा. छोडी चालक भागेकोले मो.सा.मा रहेको खैरो रङको झोला खोली चेक जाँच गर्दा सो झोला भित्र लुकाई छिपाई ल्याएको अवैध ला.औं. गाँजा ५ के.जी. फेला परेकोले उक्त ला.औं. र मो.सा. नियन्त्रणमा लिई आवश्यक कारवाहीको इ.प्र.का. लालबन्दीमा ल्याई राखिएको साथै फरार मो.सा.चालकको खोजतलास कार्य भईरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८१-०२-०२

१.      सिरहा, मिति २०८१।०२।०१ गते अ. १७:४५ बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ खैरटोका माडर स्थित इ.प्र.का. माडर सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज.२ प. ७१४४ नं.को मो.सा. चालक जिल्ला सिरहा गोलबजार न.पा. ४ बस्ने बिरेन्द्र साहको छोरा अं. बर्ष २६ को आशिष साह र मो.सा.पछाडी सवार ऐ. न.पा. १२ बस्ने विनोद मण्डललाई शंका लागि चेक जाँच गर्दा मो.सा.चालक आशिष साहले मुखमा लगाएको माक्स भित्र लुकाई छिपाई राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहितको वजन अं.९ ग्राम ८६ मिलि ग्राम, प्लास्टिक वाहेकको वजन (६.२४० ग्राम) फेला परेकोले उक्त ला.औ. सहित निज दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. माडर सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०२/०२ गते अं. ११:०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. २ स्थित इ.प्र.का. लगमा जटही धनुषा अगाडि रहेको चेक पोष्टमा  खटिएको प्रहरी चेकिङ्ग टोलीले  चेक जाँच गर्ने क्रममा जि. धनुषा जनकपुर उ.म.न.पा. ७ बस्ने योगेन्द्र साहको छोरा अं. वर्ष ३६ को श्रवण कुमार साहको हातमा कालो प्लाष्टिकमा पोको पारी  १० लेखिएको सेतो खुल्ला ट्याब्लेट ४८ पिस (नाइट्रोभेट) र spm-PRx+ (स्पामो प्रोक्सिन) लेखिएको निलो खुल्ला ट्याब्लेट ६० पिस फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

फरार प्रतिबादी नियन्त्रणमा
२०८१-०२-०२

१.      बारा, मिति २०८१।०२।०१ गते अं. १४:४५ बजेको समयमा सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा रू.२,०००/- जरिवाना भएका जिल्ला बारा निजगढ न.पा. ७ बस्ने अं. बर्ष ५७ को भिम कुमार पुडासैनिलाई इ.प्र.का. निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ न.पा. ७ सहिद चोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत बारामा पठाईएको । रौतहट, मिति २०८१।०२।०१ गते अं. १४:३० बजेको समयमा जालसाजी कसुर मुद्दामा रु. ५६,४१६/६६/- (छपन्न हजार चार सय सोह्र रुपैयाँ छैसठी पैसा) जरिवाना भएको फरार प्रतिवादी जिल्ला रौतहट फतुवा बिजयपुर न. पा. ५ सन्तपुर बस्ने रामचन्द्र राय यादवको छोरा रुप नारायन राय यादवलाई इ.प्र.का. लक्ष्मिनिया रौतहटबाट खटिएको प्रहरी टोलीले ऐ. न.पा. ९ वडा एरियाबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत गौर रौतहट पठाईएको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-०१

१.      पर्सा, मिति २०८१/०१/३१ गते अं. २१:३५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १ रजतजयन्ती चोक स्थित प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा पैदल मानिसहरुलाई चेक जाँच गर्ने क्रममा भारतबाट बिरगंज बजार तर्फ पैदल आईरहेको देश भारत जिल्ला पुर्वी चम्पारण रक्सौल थाना गम्हरिया बस्ने प्रभुनाथ सिंहको छोरा वर्ष २८ को संदिप कुमार सिंहको शरीर चेक जाँच एवम् खानतलाशी गर्दा निजको साथमा लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक अं. ०.२६० ग्राम फेला परेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

धारिलो हतियार प्रहार गरी हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
२०८१-०१-३०

१.      सप्तरी, मिति २०८१/०१/२७ गते बिहान अं. ०३:३० बजेको समयमा जिल्ला सप्तरी सप्तकोशी न.पा. १ मा रहेको नेपाल बैंक लिमिटेड फत्तेपुर शाखा, सप्तरीमा बैंक लुटपाट गर्ने उद्देश्यले बैंक भित्र प्रवेश गरी सोही बैंकका सुरक्षा गार्डको रुपमा डिउटीमा रहेका सप्तकोशी न.पा. २ बस्ने वर्ष ५५ को पर्शुराम फुंयाललाई धारिलो हतियार खुकुरी प्रहार गरी कर्तव्य गरी हत्या गरेको घट्ना सम्बन्धमा मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. यज्ञ बिनोद पोखरेलको प्रत्यक्ष निर्देशन र समन्वयमा मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको तालिम प्राप्त कुकुर सहितको प्राविधिक टोली र जि.प्र.का सप्तरी समेतको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरी उक्त घट्नामा संलग्न रहेका सप्तकोशी न.पा. ५ बस्ने वर्ष ३२ को चन्द्र बहादुर सुबेदीलाई खोजतलास गर्दै जाने क्रममा मिति २०८१/०१/२९ गते राप्ती न.पा. १ लोथर चितवनबाट नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । घट्नामा बरामद भएको सामानहरु:१.      घट्नामा प्रयोग भएको खुकुरी,२.      अभियुक्तले घट्नाको समयमा बोकेको झोला,३.      घट्नाको समयमा लगाएको जुत्ता, पञ्जा, सेन्डो, टोपी र सल,४.      घट्नामा प्रयोग भएको हेक्सो ब्लेड, रेन्चु, पिलास, डोरी र रड, ५.      वरदात स्थलमा प्रयोग गरेको काठ ।