लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-०१
- A
- A-
- A+
१.
पर्सा, मिति २०८१/०१/३१ गते
अं. २१:३५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १ रजतजयन्ती चोक स्थित प्रहरी
चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन
तथा पैदल मानिसहरुलाई चेक जाँच गर्ने क्रममा भारतबाट बिरगंज बजार तर्फ पैदल आईरहेको
देश भारत जिल्ला पुर्वी चम्पारण रक्सौल थाना गम्हरिया बस्ने प्रभुनाथ सिंहको छोरा
वर्ष २८ को संदिप कुमार सिंहको शरीर चेक जाँच एवम् खानतलाशी गर्दा निजको साथमा लागु
औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक अं. ०.२६० ग्राम फेला परेकोले
उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान
कार्य भईरहेको ।