प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रोत नखुलेको रकम सहित मानिस पक्राउ

२०८१-०१-२५

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८१/०१/२४ गते अ. १५:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलीले जि. पर्सा बिरगंज म.न.पा. १४ गण्डक चोक स्थितमा चेक जाँच गर्ने क्रममा बिरगंजबाट परवानीपुर तर्फ जाँदै गरेको प्रदेश २-०३ -०१० प ६७१९ नं. को मो.सा. मा सवार बिरगंज म.न.पा. २२ जगरनाथपुर बस्ने हरिनारायण प्रसाद कुर्मीको छोरा अं. बर्ष २८ को रवि कुमार पटेलले पछाडी बोकेको कालो झोला चेक जाँच गर्दा झोला भित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली रु. १,०००/- (एक हजार) दरको थान ८८९ रु.८,८९,०००/- (आठ लाख उनानब्बे हजार), नेपाली रु. ५००/- दरको ८५० थान रु. ४,२५,०००/- (चार लाख पच्चिस हजार) र नेपाली रु. १००/- दरको १० थान रु. १,००० (एक हजार) गरी जम्मा रु. १३,१५,०००/- (तेह्र लाख पन्ध्र हजार रुपैयाँ) र बिभिन्न बैंकको निजको खाताको खाली चेक थान-७ रहेकोमा उक्त नगद रकम सम्बन्धमा सोधपुछ गर्दा श्रोत खुल्न नसकेकोले उक्त रकम सहित निज रवी कुमार पटेललाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-०२-०६

१.      रौतहट, मिति २०८१/०२/०६ गते अं. १२:४५ बजेको समयमा लागु औषध गाँजा मुद्दामा १ वर्ष कैद र  रु.१०,०००/-  जरिवाना भएको (२ महिना १७ दिन कैद बसिसकेको र नगद रु. १०,०००/- जरिवना बुझाईसकेको र ९ महिना १८ दिन कैद भुक्तान गर्न बाँकी रहेको)  फरार प्रतिवादी जिल्ला रौतहट कटहरिया न.पा. १ भसेडवा बस्ने जोगिन्द्र दासको छोरा वर्ष १९ को आकाश भन्ने बिकाश दासलाई अस्थाई प्रहरी पोष्ट छेदीचोकबाट खटिएको प्रहरी टोलिले कटहरिया न.पा.१ भसेडवा गाँउमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ इ.प्र.का. गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      बारा, मिति २०८१/०२/०६ गते अं. १४:०० बजेको समयमा किर्ते मुद्दामा रु. ४०,००० (चालिस हजार) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा ४ बस्ने धनिलाल प्रसाद साहको श्रीमती अं बर्ष ५७ की मिना देवी साहलाइ अस्थाई प्रहरी पोष्ट बसपार्क धनुषाबाट खटिएको प्रहरी टोलीले आफ्नै गाँउ घरमा लुकी छिपि बसिरहेको अवस्थामा नियन्त्रणमा लिइ जि.प्र.का बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      धनुषा, मिति २०८१/०२/०५ गते अं. २२:१५ बजेको समयमा ज्यान मार्ने उद्योग सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ८ पगलाबाबा धर्मशाला बस्ने महेन्द्र भण्डारीको छोरा अं. वर्ष ३४ को दिपेन्द्र भण्डारीलाई प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी गस्ती टोलिले ऐ.ऐ. स्थितबाट नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औंषध सहित मोटरसाईकल नियन्त्रणमा
२०८१-०२-०२

सर्लाही, मिति २०८१।०२।०१ गते अं.०९:५० बजेको समयमा जि.सर्लाही लालबन्दी न.पा. ३ जब्दी स्थित भित्री सडक खण्डमा इ.प्र.का. लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा जब्दीबाट रामपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००३ प ०७२३ नं.को २२० पल्सर मो.सा. रोक्ने क्रममा भागेर गएकोले मो.सा.लाई पछ्याउने क्रममा जि. सर्लाही ईश्वरपुर न.पा. ८ रामपुर स्थितमा मो.सा. छोडी चालक भागेकोले मो.सा.मा रहेको खैरो रङको झोला खोली चेक जाँच गर्दा सो झोला भित्र लुकाई छिपाई ल्याएको अवैध ला.औं. गाँजा ५ के.जी. फेला परेकोले उक्त ला.औं. र मो.सा. नियन्त्रणमा लिई आवश्यक कारवाहीको इ.प्र.का. लालबन्दीमा ल्याई राखिएको साथै फरार मो.सा.चालकको खोजतलास कार्य भईरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८१-०२-०२

१.      सिरहा, मिति २०८१।०२।०१ गते अ. १७:४५ बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ खैरटोका माडर स्थित इ.प्र.का. माडर सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज.२ प. ७१४४ नं.को मो.सा. चालक जिल्ला सिरहा गोलबजार न.पा. ४ बस्ने बिरेन्द्र साहको छोरा अं. बर्ष २६ को आशिष साह र मो.सा.पछाडी सवार ऐ. न.पा. १२ बस्ने विनोद मण्डललाई शंका लागि चेक जाँच गर्दा मो.सा.चालक आशिष साहले मुखमा लगाएको माक्स भित्र लुकाई छिपाई राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहितको वजन अं.९ ग्राम ८६ मिलि ग्राम, प्लास्टिक वाहेकको वजन (६.२४० ग्राम) फेला परेकोले उक्त ला.औ. सहित निज दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. माडर सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०२/०२ गते अं. ११:०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. २ स्थित इ.प्र.का. लगमा जटही धनुषा अगाडि रहेको चेक पोष्टमा  खटिएको प्रहरी चेकिङ्ग टोलीले  चेक जाँच गर्ने क्रममा जि. धनुषा जनकपुर उ.म.न.पा. ७ बस्ने योगेन्द्र साहको छोरा अं. वर्ष ३६ को श्रवण कुमार साहको हातमा कालो प्लाष्टिकमा पोको पारी  १० लेखिएको सेतो खुल्ला ट्याब्लेट ४८ पिस (नाइट्रोभेट) र spm-PRx+ (स्पामो प्रोक्सिन) लेखिएको निलो खुल्ला ट्याब्लेट ६० पिस फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।