प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-०६

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८१/०२/०६ गते अं. १२:४५ बजेको समयमा लागु औषध गाँजा मुद्दामा १ वर्ष कैद र  रु.१०,०००/-  जरिवाना भएको (२ महिना १७ दिन कैद बसिसकेको र नगद रु. १०,०००/- जरिवना बुझाईसकेको र ९ महिना १८ दिन कैद भुक्तान गर्न बाँकी रहेको)  फरार प्रतिवादी जिल्ला रौतहट कटहरिया न.पा. १ भसेडवा बस्ने जोगिन्द्र दासको छोरा वर्ष १९ को आकाश भन्ने बिकाश दासलाई अस्थाई प्रहरी पोष्ट छेदीचोकबाट खटिएको प्रहरी टोलिले कटहरिया न.पा.१ भसेडवा गाँउमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ इ.प्र.का. गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

२.      बारा, मिति २०८१/०२/०६ गते अं. १४:०० बजेको समयमा किर्ते मुद्दामा रु. ४०,००० (चालिस हजार) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा ४ बस्ने धनिलाल प्रसाद साहको श्रीमती अं बर्ष ५७ की मिना देवी साहलाइ अस्थाई प्रहरी पोष्ट बसपार्क धनुषाबाट खटिएको प्रहरी टोलीले आफ्नै गाँउ घरमा लुकी छिपि बसिरहेको अवस्थामा नियन्त्रणमा लिइ जि.प्र.का बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

३.      धनुषा, मिति २०८१/०२/०५ गते अं. २२:१५ बजेको समयमा ज्यान मार्ने उद्योग सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ८ पगलाबाबा धर्मशाला बस्ने महेन्द्र भण्डारीको छोरा अं. वर्ष ३४ को दिपेन्द्र भण्डारीलाई प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी गस्ती टोलिले ऐ.ऐ. स्थितबाट नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध समान सहित पिकअप नियन्त्रणमा
२०८३-०२-१२

१.      सर्लाही, बागमती नगरपालिका-१२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली (VCTS अनुसारको बिल बिजक नभएको ) कुरियरको सामानहरु गरी अन्दाजि मुल्य रु. ६,००,०००।- (छव लाख ) बराबरको समान सहित बा.प्र. ०१-०३० च.१५८० नम्बरको पिकअप सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले काठमाण्डौंबाट झापा तर्फ जाँदै गरेको उक्त पिकअपलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-११

१.      सर्लाही, बसबरिया गाउँपालिका ०२ ढापटोलबाट अवैध लागूऔषध ४३० ग्राम गाँजा सहित सोहि स्थान बस्ने जयलाल सहनीको छोरा अन्दाजी बर्ष २० को अभिषेक सहनीलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र मानपुरबाट खटिएको प्रहरी टोलिले उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      पर्सा, पोखरिया नगरपालिका ०९ स्थितबाट अवैध लागूऔषध ५.५ ग्राम ब्राउन सुगर सहित सोहि स्थानको शिवबर्वा बस्ने बिजुल राउत कम्करको छोरा अन्दाजी बर्ष २० को बिशाल राउत कम्करलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।