लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१३
- A
- A-
- A+
१.
धनुषा, बिदेह नगरपालिका-०१ मैनाथपुर स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो
देखिने लिसाईलो पदार्थ ०.६० ग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा बिदेह नगरपालिका-०७ बस्ने जोगिन्दर यादवको छोरा अन्दाजि वर्ष
१८ को सुमन यादव रहेका छन् । प्रहरी चौकी ठाडीझीझा धनुषाबाट खटिएको प्रहरी
टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको निज पैदल यात्रीलाई चेकजाँच गर्दा उक्त
लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले अनुसन्धान गरिरहेको छ ।