भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा
२०८३-०२-१२
- A
- A-
- A+
१.
सर्लाही, बरहथवा नगरपालिका-१२ लौकट गाँउबाट भरुवा
बन्दुक(लाईसेन्स नभएको) र सोही बन्दुकको बारुद अन्दाजि १०० ग्राम र फलामको छर्रा
८० वटा सहित १ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही
बागमती नगरपालिका-२ बस्ने गोपी घलानको छोरा अन्दाजि बर्ष ३८ को बुद्धिमान घलान
रहेको छ । इलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त
भरुवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।