लागूऔषध सहित मोटरसाइकल नियन्त्रणमा
२०८३-०२-१२
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१ वडा कार्यालय
अगाडीबाट अवैध लागूऔषध गाँजा ३० किलो ८०० ग्राम सहित बा ४६ प ६५९४ नम्बरको
मोटरसाइकल सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंज
बाराबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले हेटौडाबाट पथलैया तर्फ आउदै गरेको उक्त
मोटरसाइकललाई चेकजाँच गर्ने क्रम्मा मोटरसाइकल चालक मोटरसाइकल छोडी फरार भएकोले
उक्त गाँजा फेला पारी गाँजा सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले अनुसन्धान गरिरहेको छ ।