प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध गाँजा खेती फडानी/नष्ट गरिएको

२०८३-०२-१३

  • A
  • A-
  • A+
Share


१.      पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ०४ स्थित अन्दाजी ५ कठ्ठामा रहेको अन्दाजी २,००० वटा भन्दा बढि अवैध गाँजाको बोट विरुवा मंगलबार साँझ प्रहरीले नष्ट तथा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीको टोलीले सुगौली स्थित रहेको खोला नजिकको ऐलानी जग्गामा लगाएका अवैध गाँजा खेती नष्ट तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध समान सहित पिकअप नियन्त्रणमा
२०८३-०२-१२

१.      सर्लाही, बागमती नगरपालिका-१२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली (VCTS अनुसारको बिल बिजक नभएको ) कुरियरको सामानहरु गरी अन्दाजि मुल्य रु. ६,००,०००।- (छव लाख ) बराबरको समान सहित बा.प्र. ०१-०३० च.१५८० नम्बरको पिकअप सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले काठमाण्डौंबाट झापा तर्फ जाँदै गरेको उक्त पिकअपलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-११

१.      सर्लाही, बसबरिया गाउँपालिका ०२ ढापटोलबाट अवैध लागूऔषध ४३० ग्राम गाँजा सहित सोहि स्थान बस्ने जयलाल सहनीको छोरा अन्दाजी बर्ष २० को अभिषेक सहनीलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र मानपुरबाट खटिएको प्रहरी टोलिले उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      पर्सा, पोखरिया नगरपालिका ०९ स्थितबाट अवैध लागूऔषध ५.५ ग्राम ब्राउन सुगर सहित सोहि स्थानको शिवबर्वा बस्ने बिजुल राउत कम्करको छोरा अन्दाजी बर्ष २० को बिशाल राउत कम्करलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

१.      बारा, जितपुर सिमरा उपमहानगरपालिका ०१ दुधौरा पुल नजिकबाट अवैध लागूऔषध गाँजा १२५ किलोग्राम, अल्फावेट नखुलेको ४३११ नम्बरको कार सहित १ जनालाई बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका ०१ पौराही घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका १८ पसहा टोल बस्ने बुद्धि बहादुर स्याङतानको छोरा अन्दाजी बर्ष २७ को मान बहादुर स्याङ्तान रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले पिलुवाबाट डुमरवाना तर्फ आउदै गरेको कार चेकजाँच गर्दा उक्त गाँजा फेला पारी गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २.      धनुषा, बिदेह नगरपालिका ०१ ठाडिझिझाबाट अवैध लागूऔषध Nitzascen - 600 पिस, Spasmo proxyvon plus - 168 पिस, Onrex cough syrup 100ml - 20 बोतल र Onsen cough syrup 100ml - 5 बोतल, स ७ प ७६२३ नम्बरको मोटरसाईकल सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका १३ रघुनाथपुर बस्ने रफिक मिया कवारीको छोरा अन्दाजी बर्ष ३२ को नबिबुल रहमान रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलिले उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।