सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०१-२६
- A
- A-
- A+
१. पर्सा,
मिति २०८१।०१।२६ गते अ. ०१:१५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. ८ घण्टाघर
स्थितमा जिल्ला
प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले बिल बिजक भन्दा बढी खुद्रा सामान
अ. मुल्य रु. ८४,८९,१४५/- (चौरासि लाख उनानब्बे हजार एक सय पैंतालिस रुपैयाँ) बराबरको
सामान लोड गरेको ना ६ ख ३८६१ न.को ट्रकलाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा
बुझाईएको ।
२. बारा, मिति २०८१/१/२५ गते अ.०४:५०.बजेको समयमा जिल्ला
बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया तिनकुने चोकमा बिशेष सुचनाको आधारमा प्र.चौ.पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले
चेक जाँच गर्ने क्रममा बिरगंजबाट चितवन तर्फ जाँदै गरेको ना.३.ख. ४३७० नं.को
डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा सामान फरक रहेको र श्रोत समेत
खुलाउन नसकेकोले अ.मुल्य रू.२४,९७,७९५/- (चौबिस लाख सन्तानब्बे हजार सात सय
पन्चानब्बे रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई
आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।