फरार प्रतिबादी पक्राउ
२०८२-०२-२७
- A
- A-
- A+
सिरहा, गोलबजार नगरपालिका १० डण्डा टोल
स्थितबाट लागु औषध मुद्दामा रु. २,०००/- (दुई हजार रुपैयाँ) जरिवाना भएको फरार
प्रतिवादी सोही स्थान बस्ने राम प्रसाद मुखियाको छोरा बर्ष २३ को शिव कुमार
मुखियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
गोलबजारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई गाउँ घरबाट नै
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।