लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८२-१२-२६
- A
- A-
- A+
१. महोत्तरी,
जलेश्वर नगरपालिका-८ बजराहीकोट्टी स्थितबाट अवैध लागूऔषध गाँजा १९२.८ किलोग्राम, BAC6994 नम्बरको Nissan कार र प्रदेश २-०३-००१ च ९०७७ नम्बरको Nexon कार सहित १
जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाँउपालिका-१
बस्ने नर बहादुर मौक्तानको छोरा अन्दाजि बर्ष २६ को धर्म राज मौक्तान रहेका
छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त
पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही,
बिष्णु गाउँपालिका-५ फेन्हारा चौक हनुमान मन्दिर स्थितबाट अवैध लागूऔषध Nitrazohm-10 ९९ ट्याब्लेट र Onerex 100 ml १६ बोतल, BR-30V
1317 नम्बरको मोटरसाइकल सहित १ जनालाई बुधबार राती प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला सितामढी कचौर बस्ने अन्दाजि
वर्ष २४ को कृष्ण नन्दन कुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट
खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. रौतहट, ईशनाथ
नगरपालिका-८ जटहरा भित्री सडक खण्डबाट अवैध लागूऔषध गाँजा १५ किलोग्राम बेबारिसे
अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
रामपुरखाप रौतहटबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. बारा, जितपुर
सिमरा उप-महानगरपालिका-२१ कल्पबृक्ष होटेल अगाडीबाट अवैध लागूऔषध अफिम जस्तो
देखिने पदार्थ ९४२ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाँउपालिका-२ बस्ने तुल बहादुर मोक्तानको
छोरा अन्दाजि बर्ष ५५ को खड्ग बहादुर मोक्तान र मकवानपुर साबिक डाडाँ खर्क
गा.बि.स.-८ बस्ने सन्च बहादुर स्याङतानको छोरा अन्दाजि बर्ष ४९ को लाल बहादुर
स्याङतान रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा बारा र लागूऔषध नियन्त्रण
ब्यूरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त
पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
पर्सा, विरगंज महानगरपालिका-१६ बसपार्कबाट अवैध लागूऔषध ट्रमाडोल ५१,२०० पिस बेबारिसे अवस्थामा बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।