प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा ।

२०८२-१२-२५

  • A
  • A-
  • A+
Share

१.      रौतहट, गौर १ भन्सार गेट अगाडिबाट अवैध लागूऔषध Nitrazepam १७८ पिस र Rexcof 60 ml १ पिस सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर २ बस्ने केदार प्रसाद गुप्ताको छोरा अन्दाजी बर्ष २३ को दिव्यान्सु गुप्ता, मकवानपुर बकैया ४ बस्ने बिशाल बजगाईको छोरा अन्दाजी बर्ष २४ को विश्व बजगाई र मकवानपुर गढी ६ मजरान चुली बस्ने बिजय अधिकारीको छोरा अन्दाजी बर्ष २२ को रोहित अधिकारी रहेका छन् । भन्सार सुरक्षा गार्ड रौतहट र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म गौरको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२.      सिरहा, सिरहा १५ बुधौराबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम, म.प्र.०१-००४ प २६८८ नं.को मोटरसाईकल सहित ३ जनालाई मंगलबाट साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहा धनगढिमाई ३ बस्ने नेम कुमार मुखियाको छोरा अन्दाजी बर्ष १९ को अभिषेक मुखिया, गोलबजार १२ बस्ने देवु मुखियाको छोरा अन्दाजी बर्ष १९ को अभिषेक मुखिया र सोहि स्थान बस्ने सुनर देव सिंहको छोरा अन्दाजी बर्ष २१ को अरबिन सिंह रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागू पदार्थ सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०९

१.      धनुषा जिल्लाका बिभिन्न स्थानबाट ज्यान मार्ने उधोग मुद्बाको फरार प्रतिवादी धनुषा धनुषाधाम नगरपालिका-०६ घर भई हाल जिल्ला धनुषा मिथिला विहारी नगरपालिका-०४ बस्ने उपेन्द्र यादवको छोरा अन्दाजि बर्ष ३२ को हिरालाल कुमार यादव र सवारी अंगभंग मुद्दाको फरार प्रतिवादी जनकपुरधाम उप-महानगरपालिका-२० बस्ने उपेन्द्र झाको छोरा अन्दाजि बर्ष ५२ को अशोक झा समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सिरहा, मिर्चौया नगरपालिका-०८ स्थितबाट फरार मिर्चैया नगरपलालिका-०१ मन्हर्वा टोल बस्ने सतार धुनियाको छोरा अन्दाजि बर्ष २२ को मुमताज धुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कारयालय मिर्चौया सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जवरजस्ती करणी सम्बन्धी मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी जिल्लाका बिभिन्न स्थानबाट कुटपिट मुद्दाको फरार प्रतिवादीहरु सप्तरी खड्क नगरपालिका-०४ पन्सेरा बस्ने अन्दाजि बर्ष ३४ को दामोदर ताँती र अन्दाजि बर्ष ३३ की अमला देवी ताँती, अदालत अवहेलना मुद्दाको फरार प्रतिवादीहरु राजगढ गाउँपालिका-०१ झुट्की बस्ने इन्दु देवि साह र राम प्रसाद साह र कुटपिट मुद्दाको फरार प्रतिवादी विष्णुपुर गाउँपालिका-०१ बस्ने भवेश कुमार यादव समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०९

१.      महोत्तरी, सोनमा गाउँपालिका-०१ खखना जाने सडकखण्डबाट लागूऔषध गाँजा ३१.३८५ किलोग्राम र प्रदेश २-०२-००५प ३२९४ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका-०२ इनर्वा टोल बस्ने अन्दाजि बर्ष ४३ को गर्भु प्रसाद पटेल र सोनमा गाउँपालिका-०६ मगरथाना बस्ने अनिल महतोको श्रीमती अन्दाजि बर्ष ३६ की उषा कुमारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, जनकपुर उप-महानगरपालिका-१४ रजौल स्थितबाट SPASMO-१६ पिस सहित १ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बेचन मुखियाको छोरा अन्दाजि वर्ष ३८ को संजय मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०८

१.      पर्सा, छिपहरमाई गाउँपालिका-०५ भिष्वा स्थितबाट लागूऔषध गाँजा ५ किलोग्राम र BR05-S-5953 नम्बरको मोटरसाईकल सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ५२ को छोटेलाल महतो र देश भारत जिल्ला बेतिया थाना मझौली बस्ने अन्दाजि बर्ष ५० को दिनेश महतो रहेका छन् । प्रहरी चौकी भिष्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, पर्सा गाउँपालिका-०२ संग्रामपुर स्थितबाट अवैध लागूऔषध गाँजा २० ग्राम र kores eraz-ex diluter pen सुई थान-१ सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने नथुनी राय यादवको छोरा अन्दाजि वर्ष २० को सविन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय संग्रामपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, मलंगवा नगरपालिका-०५ भाडसर स्थितबाट अवैध लागूऔषध गाँजा ४९३ ग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कौडेना गाउँपालिका-०२ ईनर्वा टोल बस्ने मन्जुर मुकेरीको छोरा अन्दाजि बर्ष २५ को अमान मिकरानि रहेका छन् । प्रहरी चौकी भाडसर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      महोत्तरी, मटिहानी नगरपालिका-०८ स्थित बोर्डर सिमा नाकाबाट अवैध लागूऔषध गाँजा १.६८६ किलोग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत नयाँदिल्ली बस्ने रहमद तुल्लाको छोरा अन्दाजि बर्ष २० को रफा तुल्ला रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिहानी महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी मटिहानीमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०७

सिरहा, गोलबजार नगरपालिका-०४ बिकाश होटल अगाडी कसहाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९.५४ ग्राम सहित ३ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढिमाई नगरपालिका-०८ बस्ने हरि नारायण यादवको छोरा अन्दाजि बर्ष १९ को दिपक कुमार यादव, धनगढिमाई नगरपालिका-०७ बस्ने अमन महतोको छोरा अन्दाजि बर्ष २० को आशिक महतो र धनगढीमाई नगरपालिका-०६ बस्ने राज कुमार दासको छोरा अन्दाजि बर्ष १८ को राजेश कुमार दास रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०६

१.      पर्सा, पोखरीया नगरपालिका-०५ सतबरीया स्थितबाट लागूऔषध गाँजा ५०० ग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ६५ को रामदयाल महरा रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१३ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९४० मिलिग्राम सहित १ जनालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिवन नगरपालिका-०४ घर भई हाल जिल्ला पर्सा बिरगंज महानगरपालिका-११ रानीघाट बस्ने भरत महतको छोरा अन्दाजि बर्ष १८ को भाबरिस क्षेत्री रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, शहिदनगर नगरपालिका-०३ दुर्गा मन्दिर अगाडीबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २२.५८० ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-१० मिसारपटि बस्ने जयराम यादवको छोरा अन्दाजि बर्ष १९ को राजन यादव र हंसपुर नगरपालिका-०९ बस्ने अर्जुन पासवानको छोरा अन्दाजि बर्ष २६ को बब्लु पासवान भन्ने राम बालक पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय यदुकुहा र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।