लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०९
- A
- A-
- A+
१. महोत्तरी,
सोनमा गाउँपालिका-०१ खखना जाने सडकखण्डबाट लागूऔषध गाँजा ३१.३८५
किलोग्राम र प्रदेश २-०२-००५प ३२९४ नम्बरको मोटरसाईकल सहित
२ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा रौतहट
बौधीमाई नगरपालिका-०२ इनर्वा टोल बस्ने अन्दाजि बर्ष ४३ को गर्भु प्रसाद पटेल र सोनमा गाउँपालिका-०६ मगरथाना बस्ने अनिल
महतोको श्रीमती अन्दाजि बर्ष ३६ की उषा कुमारी रहेका
छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट
खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।
धनुषा, जनकपुर उप-महानगरपालिका-१४ रजौल स्थितबाट SPASMO-१६ पिस सहित १ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बेचन मुखियाको छोरा अन्दाजि वर्ष ३८ को संजय मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।