फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०९
- A
- A-
- A+
१. धनुषा
जिल्लाका बिभिन्न स्थानबाट ज्यान मार्ने उधोग मुद्बाको
फरार प्रतिवादी धनुषा धनुषाधाम नगरपालिका-०६ घर भई हाल जिल्ला धनुषा मिथिला
विहारी नगरपालिका-०४ बस्ने उपेन्द्र यादवको छोरा अन्दाजि बर्ष ३२ को हिरालाल कुमार यादव र सवारी अंगभंग मुद्दाको फरार प्रतिवादी जनकपुरधाम उप-महानगरपालिका-२० बस्ने उपेन्द्र झाको छोरा अन्दाजि बर्ष ५२
को अशोक झा समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
मिर्चौया नगरपालिका-०८ स्थितबाट फरार मिर्चैया नगरपलालिका-०१ मन्हर्वा टोल बस्ने सतार धुनियाको छोरा अन्दाजि बर्ष २२ को मुमताज
धुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कारयालय
मिर्चौया सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जवरजस्ती करणी सम्बन्धी मुद्दामा फरार रहेका
निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
सप्तरी जिल्लाका बिभिन्न स्थानबाट कुटपिट मुद्दाको फरार प्रतिवादीहरु सप्तरी खड्क नगरपालिका-०४ पन्सेरा बस्ने अन्दाजि बर्ष ३४ को दामोदर ताँती र अन्दाजि बर्ष ३३ की अमला देवी ताँती, अदालत अवहेलना मुद्दाको फरार प्रतिवादीहरु राजगढ गाउँपालिका-०१ झुट्की बस्ने इन्दु देवि साह र राम प्रसाद साह र कुटपिट मुद्दाको फरार प्रतिवादी विष्णुपुर गाउँपालिका-०१ बस्ने भवेश कुमार यादव समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।