फरार कैदी/बन्दी नियन्त्रणमा
२०८२-१२-२७
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका-१२ बाट GEN-Z को आन्दोलनको क्रममा सिन्धुली कारागार कार्यालयबाट फरार रहेका कैदी सर्लाही मलंगवा नगरपालिका वडा नं. १२ बस्ने अन्दाजि बर्ष २५ को करियकवा भन्ने सुनिल बराईलाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलिले गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा निज कर्तव्य ज्यान मुद्धाको फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।