प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीको मो.सा. सहित १ जना नियन्त्रणमा

२०७९-०२-११

  • A
  • A-
  • A+
Share


                                पक्राउ विवरण     

क)                          अभियुक्त          :-             बिष्णु लामा                 

  उमेर                :-             २० वर्ष          

  ठेगाना              :-             जि.पर्सा ठोरी गा.पा.वडा नं.४

             पक्राउ मिति        :-             २०७९।०२।०९ गते ।

             मुद्दा                  :-             चोरी सम्बन्धी कसूर ।  

 

                     निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०१-२८

१.      बारा, मिति २०८१/०१/२७ गते अं. १६:४५ बजेको समयमा जि.बारा कलैया उ.म.न.पा- ०४ अदालत रोड  र ऐ. १७ सुराही स्थितबाट जि.प्र.का. बाराबाट खटिएको प्रहरी टोलीले निम्न मुद्दाको निम्न फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:१.      सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा रू. ५० (पचास) जरिवाना भएको फरार प्रतिवादी जि.बारा कलैया उ.म.न.पा.१७ बस्ने अं. बर्ष ७० को बंगाली मिया धोवी । २.      कर्तब्य ज्यान मुद्दामा रु.२००/- (दुई सय) जरिवाना भएको फरार प्रतिवादी जि.बारा सुवर्णा गा.पा. ५ बस्ने अं. बर्ष ५० को रामबाबु साह ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२८

१.      पर्सा, मिति २०८१।०१।२७ गते अं. १०:३० बजेको समयमा बिन्दवासिनी गा.पा. ४ मधुबल बस्ने लगनदेव साह तेलीको छोरा अं. बर्ष ५१ को कृष्ण चन्द्र साहले आफ्नै घरमा लुकाई छिपाई ला.औ. गाँजा बेचबिखन गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजसँग रहेको कालो प्लाष्टिकको झोलामा ला.औ. गाँजा २५० ग्राम फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. पोखरीयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      सिरहा, मिति २०८१।०१।२७ गते अं. ०९:३० बजेको समयमा जिल्ला सिरहा औरही गा.पा. १ दरैहिया स्थित प्र.चौ. हर्कट्टीबाट खटिएको प्रहरी चेकिङ् टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बागमती प्रदेश ०२१प ८४८५ नं.को मो.सा.लाई शंका लागी चेक जाँच गर्दा मो.सा.को भाईजर भित्र लुकाई छिपाइ राखेको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित ११ ग्राम फेला परेकोले उक्त ला.औ., मो.सा. सहित मो.सा. चालक जिल्ला सिरहा गोलबजार न.पा. १२ बस्ने राजु मोक्तानको छोरा अं. बर्ष २३ को युगेश लामा र सोही मो.सा. पछाडी सवार जिल्ला सिराहा धनगढीमाइ न.पा. १० बस्ने कर्ण बहादुर श्रेष्ठको छोरा अं. बर्ष २३ को विषेश श्रेष्ठलाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०१-२६

१.      पर्सा, मिति २०८१।०१।२६ गते अ. ०१:१५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. ८ घण्टाघर स्थितमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले बिल बिजक भन्दा बढी खुद्रा सामान अ. मुल्य रु. ८४,८९,१४५/- (चौरासि लाख उनानब्बे हजार एक सय पैंतालिस रुपैयाँ) बराबरको सामान लोड गरेको  ना ६ ख ३८६१ न.को ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको । २.      बारा, मिति २०८१/१/२५ गते अ.०४:५०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया तिनकुने चोकमा बिशेष सुचनाको आधारमा प्र.चौ.पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट चितवन तर्फ जाँदै गरेको ना.३.ख. ४३७० नं.को डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा सामान फरक रहेको र श्रोत समेत खुलाउन नसकेकोले अ.मुल्य रू.२४,९७,७९५/- (चौबिस लाख सन्तानब्बे हजार सात सय पन्चानब्बे रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।

श्रोत नखुलेको रकम सहित मानिस पक्राउ
२०८१-०१-२५

१.      पर्सा, मिति २०८१/०१/२४ गते अ. १५:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलीले जि. पर्सा बिरगंज म.न.पा. १४ गण्डक चोक स्थितमा चेक जाँच गर्ने क्रममा बिरगंजबाट परवानीपुर तर्फ जाँदै गरेको प्रदेश २-०३ -०१० प ६७१९ नं. को मो.सा. मा सवार बिरगंज म.न.पा. २२ जगरनाथपुर बस्ने हरिनारायण प्रसाद कुर्मीको छोरा अं. बर्ष २८ को रवि कुमार पटेलले पछाडी बोकेको कालो झोला चेक जाँच गर्दा झोला भित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली रु. १,०००/- (एक हजार) दरको थान ८८९ रु.८,८९,०००/- (आठ लाख उनानब्बे हजार), नेपाली रु. ५००/- दरको ८५० थान रु. ४,२५,०००/- (चार लाख पच्चिस हजार) र नेपाली रु. १००/- दरको १० थान रु. १,००० (एक हजार) गरी जम्मा रु. १३,१५,०००/- (तेह्र लाख पन्ध्र हजार रुपैयाँ) र बिभिन्न बैंकको निजको खाताको खाली चेक थान-७ रहेकोमा उक्त नगद रकम सम्बन्धमा सोधपुछ गर्दा श्रोत खुल्न नसकेकोले उक्त रकम सहित निज रवी कुमार पटेललाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।