प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जनचेतना मुलक कार्यक्रम

२०७९-११-२९

  • A
  • A-
  • A+
Share

१.       सप्तरी, मिति २०७९।११।२८ गते, रुपनि गा.पा.१ पासवान टोल स्थितमा ईप्रका रुपनि सप्तरीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलि र अन्य स्थानिय बासिहरु लगायत अं.३५ जना मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप आगलागि तथा चोरी नियन्त्रण सम्वन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

२.       सप्तरी, मिति२०७९।११।२८ गते  हनुमाननगर कंकालिनी न.पा.१२ स्थितमा ऐ.वडा को वडा अध्यक्षको अध्यक्षामा यस का.बाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई अ.३०-३५ जना स्थानिय वासीहरुलाई भेला जम्मा गरी समुदाय प्रहरी साझेदारी अन्तरगत लागु  महिला दुरबेसनि नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

३.       सप्तरी, मिति २०७९।११।२८ गते शम्भुनाथ न.पा.६ स्थितमा रहेको बुद्धि मुनर मा.बि.कठौनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथबाट प्र.ना.नि.को कमाण्डमा र यस चौकीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले कक्षा ९ र १० मा अध्ययनरत अ.१०० जना विधार्थीरुलाई भेला जम्मा गरी समुदाय प्रहरी साझेदारी अन्तरगत ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

४.       सप्तरी, मिति २०७९।११।२८ गते तिलाठी कोइलाडी गा.पा. ४  स्थितमा प्र.ना.नि को कमाण्डमा खटिएको टोलिले स्थनियबासि अ. ३०।३५ जनालई भेला जम्मा गरी आगलागिका कारण तथा न्युनिकरणका उपायहरु सम्बन्धि  जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

५.       सप्तरी, मिति २०७९।११।२८ गते बोदेबर्साइन न.पा.९ देउरी स्थितमा यस चौकीबाट प्र.ब.ह.रामकिशोर यादवको कमाण्डमा खटिएको टोलि र अन्य स्थानिय बासिहरु लगायत अं.२५ जना मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप जातिय छुवाछुत तथा भेदभाव सम्वन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

सम्बन्धित समाचार
लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएको
२०८१-०१-१८

१.     बारा, मिति २०८१।०१।१७ गते अ. २२:३० बजेको समयमा जि. बारा निजगढ न.पा. १० स्थित लालपार्क स्थलमा बिशेष सुचनाको आधारमा इ.प्र.का. निजगढ र अ.प्र.पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रतनपुर देखि निजगढ तर्फ आउँदै गरेको ना. ५ ख. ७५५२ नं.को ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा ला.औ. गाँजा २१६ के.जी. फेला परेकोले उक्त ला.औ., ट्रक र ट्रक चालक जि. बारा जितपुरसिमरा उ.म.न.पा. २ बस्ने बर्ष ३२ को आकाश लामा र जि. मकवानपुर हेटौंडा उ.म.न.पा. १३ पदम पोखरी बस्ने बर्ष ३० को जिबन घलानलाई नियन्त्रणमा लिई इ.प्र.का. निजगढ बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

नक्कली नोट सहित मानिस पक्राउ
२०८१-०१-१८

१.     पर्सा, मिति २०८१/०१/१७ गते अं. २०:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. ९ घण्टाघर स्थित सडकमा व.प्र.का. विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरुलाई चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ १ जना पुरुष र १ जना महिला शंकास्पद अवस्थामा पैदल आईरहेकोमा निजहरुलाई रोकी नाम, थर, वतन सोधपुछ गर्दा निजहरुले आफ्नो नाम, थर, वतन क्रमश: देश भारत जिल्ला पश्चिमी चम्पारण बेतिया भावल पंचायत वडा नं. ४ बस्ने रहिम मियाँको छोरा वर्ष ३० को क्यामुदिन मियाँ र जिल्ला बारा प्रसौनी गा.पा. २ बस्ने आलम अन्सारीको श्रीमती वर्ष ४० की हलिमा खातुन बताएकोमा निजहरुको शरीर खानतलासी गर्दा निजहरुको साथमा नेपाली रु. १०००/- दरका नक्कली नोट थान १२३ (पुरुषबाट थान १ र महिलाबाट थान १२२) गरी जम्मा रु.१,२३,०००/- (एक लाख तेईस हजार) फेला परेकोले उक्त नक्कली नोट सहित निजहरुलाई पक्राउ गरी व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको
२०८१-०१-१७

बारा, मिति २०८१।०१।१६ गते अं. २३:५५ बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा. १ स्थित नमसगरा ढाट टोल बस्ने चुलाही मुखिया विनको छोरा अं. वर्ष ५५ को प्रमा मुखिया विनको घरमा अवैध लागु औषध  गाँजा राखेको भनि गोप्य सुचनाको आधारमा इ.प्र.का. सिम्रौनगढ बारा र स. प्र. बल प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपातीबाट संयुक्त रुपमा खटिएको टोलीले घर खानतलासी गर्ने क्रममा गहुँको भुसमा लुकाई छिपाई राखेको रातो प्लाष्टिकले बेरिएको अवस्थामा अबैध लागु औषध गाँजा ३ के.जी.  फेला परेकोले उक्त लागु औषध गाँजा सहित भुस राखेको घरधनी जिल्ला बारा सिम्रौनगढ न.पा. १ नमसगरा ढाट बस्ने अं. वर्ष ५५ को प्रमा मुखिया विनलाई नियन्त्रणमा लिई इ.प्र.का. सिम्रौनगढ बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।