प्रतिबन्धित लागु औषध ईन्जेक्सन सहित एक जना मानिस पक्राउ
२०८०-०६-०१
- A
- A-
- A+
पर्सा,
विशेष सूचनाको आधारमा मिति २०८०।०५।३० गते अं. २१:३० बजेको समयमा जिल्ला पर्सा
वीरगञ्ज महानगरपालिका वडा नं.२ ईदगाह चोक स्थित सडकखण्डमा जि.प्र.का. पर्साबाट
खटिएको प्रहरी टोलीले संकास्पदरूपमा पैदल हिंडिरहेको अवस्थामा निम्न लिखित नाम,थर,
वतनका व्यक्तिलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा निजले बोकेको झोलाभित्र
सेतोटेपले वेरिएको तिनवटा प्याकेटमा प्रतिबन्धित लागु औषध नुरफिन-१४७ एम्पुल,
फेनारगन-१४७ एम्पुल र डाईजेल्याब १४७ एम्पुल गरी जम्मा ४४१ पिस फेला परेको हुँदा
उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ लागु औषध
सम्बन्धी कसूरमा आजै पर्सा जिल्ला अदालतबाट दिन- ५ (पाँच) म्याद थप अनुमति प्रदान
गरी थप अनुसन्धान कार्य भैरहेको ।
पक्राउ
विवरण:
१) अभियुक्त:- प्रदीप बोहरा क्षेत्री
उमेर:- ५०
वर्ष
ठेगाना:-जि.बारा
जितपुर सिमरा उ.म.न.पा.वडा नं.२
पक्राउ
मितिः- २०८०।०५।३० गते ।
मुद्दा
शिर्षकः- लागु औषध सम्बन्धी कसूर
बरामद
लागु औषधः- नुरफिन-१४७, फेनारगन-१४७ र डाईजेल्याब-१४७ गरी
जम्मा ४४१ पिस ।