अवैध लागूऔषध सहित १(एक) जना मानिस पक्राउ
२०८०-०६-०४
- A
- A-
- A+
सिरहा,
मिति २०८०।०६।०३ गते अं. ०८:३० बजे जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ८ स्थित
लोट्स बोर्डिङ् स्कुल नजिक ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्र.स.ह.को
कमाण्डमा खटिएको सादा पोशाक टोलीले पैदल यात्री जिल्ला सिरहा लहान नगरपालिका वडा
नं. २ बस्ने वर्ष २० को सदानन्द महतोलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको
कालो रङको झोला भित्र प्लाष्टिकको पोका बनाई लुकाई छिपाई राखेको अबस्थामा ला.औ. डाईजापाम-
१५३ एम्पुल, ब्युप्रोनोरफिम- १५४ एम्पुल, फेनारगन -१९० एम्पुल जम्मा ४९७ एम्पुल ला.औ. फेला पारी निजलाई ला.औ. सहित
नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको
।