लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-०४
- A
- A-
- A+
१. सर्लाही, मिति २०८०।०६।०३ गते अं. १७:३० बजेको
समयमा जि.सर्लाही ब्रहम्पुरी गा.पा. ४ स्थित प्र.चौ. त्रिभुवननगर सर्लाहीबाट
प्र.ब.ना.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
त्रिभुवननगरबाट खटिएको स.प्र.ना.नि. सन्तोष साहको कमाण्डमा खटिएको संयुक्त टोलीले
चेकचाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर नदेखिने मो.सा.लाई
चेकजाँच गर्दा उक्त मो.सा.मा लुकाई राखेको नाईट्रोभेट ट्यावलेट - ३०० पिस (१०
पता), Onerex- १११ बोतल (100ml) र जि. सितामढी बसन्तपुर
ग्रामपञ्चायत ७ बस्ने अं. वर्ष २० को अरुण कुमारलाई समेत नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागि जि.प्र.का.सर्लाहीमा बुझाएको ।
२. सर्लाही, मिति २०८०।०६।०३ गते अं. १७:४५ बजेको
समयमा जि.सर्लाही मलंगवा न.पा. १ स्थित प्र.चौ. गोरखकाली सर्लाहीबाट प्र.स.नि. को
कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट खुटौनाबाट खटिएको स.प्र.ब.ह. को
कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जाँदै
गरेको BR30L 1507 मो.सा. प्रहरी टोलीलाई देखी मानिस फरार
भएको र उक्त मो.सा. लाई चेकजाँच गर्दा गाँजा- २ के.जि. २०० ग्राम बरामद गरि उक्त
मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाहीमा बुझाईएको
।
३.
धनुषा, मिति २०८०।०६।०३ गते अं. १८:३० बजेको
समयमा जिल्ला धनुषा बिदेह न.पा.१ मैनाथपुर सिमा स्थितमा सशस्त्र प्रहरी बल नेपाल
प्रस्तावित सिमा सुरक्षा गुल्म मैनाथपुर धनुषाबाट खटिएको टोली र प्र.चौ. ठाडिझिझाबाट
प्र.स.नि. को कमाण्डमा टोलि खटिएको मो.सा.गस्ति टोलिले नेपालबाट भारत तर्फ घाँसको
बोरा भित्र लुकाई छिपाई ४ पोका (२४ किलो ८०० ग्राम) प्रतिबन्धित लागु औषध गाँजा
गस्ती टोलीलाई देखी बोरा फाली मानिस फरार भएकोमा उक्त प्रतिबन्ध लागु औषध नियन्त्रणमा
लिई प्र.चौ. ठाडिझिझामा ल्याई राखिएको ।
४.
सिरहा, मिति २०८०।०६।०३ गते अं. ०८:३० बजे
जिल्ला सिरहा लहान न.पा.८ लोट्स बोर्डिङ् स्कुल नजिक ई.प्र.का. लहान सिरहाबाट
प्र.स.ह. को कमाण्डमा खटिएको सादा पोशाक टोलीले पैदल यात्री जिल्ला सिरहा लहान
न.पा. २ बस्ने घुरण महतोको छोरा वर्ष अं. २० को सदानन्द महतोलाई शंका लागी चेक
जाचँ गर्दा निजले बोकेको कालो रङको पछाडी भिर्ने झोला भित्र ४ वटा कालो प्लाष्टिक
भित्र पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ला.औ. डाईजोपाम-१५३ एम्पुल, ब्युप्रोनोरफिम-
१५४ एम्पुल, फेनारगन-१९० एम्पुल (जम्मा ४९७ एम्पुल) फेला पारी निजलाई ला.औ. सहित
नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहामा ल्याई अन्य थप अनुसन्धान कार्य भईरहेको ।