प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागु औषध सहित एक जना मानिस पक्राउ

२०८०-०६-०४

  • A
  • A-
  • A+
Share

पर्सा, विशेष सूचनाको आधारमा मिति २०८०।०६।०३ गते अं. १७:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेट स्थित सडकखण्डमा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्र.२-०२-००४ प ७४९५ नं को स्कुटीलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३४ को अजित तामाङले उल्लेखित नम्बरको स्कुटीको  सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध Onrex 100 ml को ६९ बोत्तल फेला परेको हुँदा प्र.२-०२-००४ प ७४९५ नं को स्कुटी र उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।

पक्राउ विवरण

) अभियुक्त:- अजित तामाङ

उमेर:- ३४ वर्ष           

ठेगाना:-जि.मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.४

पक्राउ मितिः- २०८०।०६।०३ गते ।

मुद्दा शिर्षकः- लागु औषध सम्बन्धी कसूर

बरामद लागु औषधः- Onrex 100ml ६९ बोत्तल

सम्बन्धित समाचार
ट्रक सहित लागू औषध गाँजा नियन्त्रणमा
२०८१-०७-११

१.     धनुषा, जनकपुरधाम उपमहानगरपालिका १४ बाबा आयल सेन्टर नजिकबाट अन्दाजी २२१.३८ के.जी. लागू औषध गाँजा सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका २ बस्ने वर्ष २४ को प्रकाश लुङ्गवालाई कार्तिक १० गते शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा ना.५ ख १७७ नं.को मिनी ट्रकलाई चेक जाँच गर्दा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बिलबिजक भन्दा बढी सामान लोड रहेको कन्टेनर नियन्त्रणमा
२०८१-०७-११

१.     सर्लाही, बागमती नगरपालिका ११ कार्यालय अगाडी चेक प्वाईन्टबाट अन्दाजी मूल्य रू. ५५,८३,३११/- (पचपन्न लाख तीरासी हजार तीन सय एघार रुपैयाँ) मुल्य बराबरको समान सहित ना.६ ख. ७१३ नम्बरको कन्टेनर गाडीलाई कार्तिक १० गते शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट सुनसरी तर्फ जाँदै गरेको उक्त कन्टेनरलाई चेक जाँच गर्दा बिलबिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रक नियन्त्रणमा
२०८१-०७-०९

पर्सा, बिरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट अन्दाजी मुल्य रू. १,४६,०९,६७८/- (एक करोड छयालिस लाख नौ हजार छ सय अठहत्तर रुपैयाँ) बराबरको सामान सहित सु.प.प्र. ०१-००१ ख.२६६१ र सु.प.प्र. ०१-००१ ख २६९९ नम्बरको ट्रकलाई बिहीबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामानहरु लोड गरी लैजाँदै गरेको शंकालागी उक्त दुवै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको ।  

चाँदी जस्तो देखिने धातु सहित मानिस नियन्त्रणमा
२०८१-०७-०९

बारा, जितपुरसिमरा उपमहानगरपालिका २१ स्थितबाट चाँदी जस्तो देखिने सेतो धातु १४ के.जी. (मुर्ति, जन्तर, कम्मरमा लगाउने पेच आदि) अं. मुल्य रु. २५,०४,९५० (पच्चिस लाख चार हजार नौ सय पचास रुपैयाँ ) सहित जि. बारा प्रसौनी गा.पा. वडा नं. ६ प्रस्टीका बस्ने नागेन्द्र साह सोनारको छोरा अं. बर्ष ३३ को सन्तोस साह सोनार र जि. बारा जितपुरसिमरा उ.म.न.पा. ८ गमरगावा टोल बस्ने हुसेनी महतोको छोरा अं. बर्ष २७ को सुरेश महतोलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५२ प २५८४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल र ना ५५ प ३९३२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलमा सवार निजहरुलाई उक्त धातु सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।