वेवारिसे अवस्थामा रहेको प्रतिबन्धित लागु औषध बरामद
२०८०-०६-०७
- A
- A-
- A+
पर्सा, मिति २०८०।०६।०५ गते अं.१२:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२२ मनियारी टोल
बस्ने देवेन्द्र यादवको खाली खेतमा २ वटा पहेलो रंगको बोराभित्र संकास्पद चिजबस्तु
रहेको भन्ने समेत व्यहोराको सूचना स्थानीय मानिसहरूले दिए पश्चात जि.प्र.का. पर्सा
मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट प्र.नि. को कमाण्डमा टोली खटि गई उक्त बोरा
खोली हेर्दा सो बोराभित्र प्रतिबन्धित लागु औषध DIAZEPAM Injection २३३५ एम्पुल NOORPHIN Injection-३१६९ एम्पुल र
PHENERGAN Injection ३४११ एम्पुल गरी जम्मा ८९१५ एम्पुल फेला परेको
हुँदा उल्लेखित परिमाणको लागु औषध वेवारिसे अवस्थामा बरामद गरी जि.प्र.का. पर्सामा
ल्याइ थप अनुसन्धान कार्य भैरहेको ।