लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-०८
- A
- A-
- A+
सर्लाही, मिति २०८०।०६।०७ गते अं. १०:४० बजेको
समयमा जि.सर्लाही बलरा न.पा. ३ लक्ष्मीपुर स्थितमा बि.ओ.पि. छटौनाबाट खटिएको
स.प्र.नि. को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ
जाँदै गरेको BR30H 6745 नं. को मो.सा.लाई चेकजाँच गर्दा
मो.सा.को सिट कभरमा लुकाई छिपाई राखेको ला.औ. गाँजा अं. ३ के.जि. १८२ ग्राम फेला
पारी उक्त मो.सा., ला.औ. र मो.सा. चालक जि.सर्लाही गोडैता न.पा. ११ बस्ने अं. वर्ष
२४ को राजेश पटेललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ऐ. १८:३० बजे ई.प्र.का. गडहिया सर्लाहीमा बुझाईएको ।