लागु औषध चरेश र मोटरसाईकल सहित एक जना मानिस पक्राउ
२०८०-०६-०८
- A
- A-
- A+
लागु
औषध चरेश र मोटरसाईकल सहित एक जना मानिस पक्राउ
पर्सा,
विशेष सूचनाको आधारमा मिति २०८०।०६।०७ गते अं.१४:४५ बजेको समयमा जिल्ला पर्सा जिराभवानी
गाउँपालिका वडा नं.१ गम्हरिया स्थित सडकखण्डमा लागु औषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय वीरगञ्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सुवर्णपुरबाट
वीरगञ्जतर्फ आउँदै गरेका ना.६१प ९७०० नम्बरको निलो साईन मोटरसाईकललाई
रोकी
कानूनी रीतपुर्याई खानतलासी गर्दा जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४
विजयबस्ती बस्ने वर्ष ३४ को क्षेत्र बहादुर श्रेष्ठले उल्लेखित नम्बरको मोटरसाईकलको
पछाडी सिटमा एउटा सेतो बोराभित्र टेपले र्यापिङ गरी प्रति प्याकेट ५०० ग्रामका
दरले ६४ प्याकेटमा जम्मा ३२ के.जी.लागु औषध चरेश फेला परेको हुँदा ना.६१ प ९७००
नम्बरको मो.सा.र उल्लेखित लागु औषध सहित निज क्षेत्र बहादुर श्रेष्ठलाई
नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान
कार्य भैरहेको ।
पक्राउ
विवरण
१) अभियुक्त:-
क्षेत्र बहादुर श्रेष्ठ
उमेर:- ३४ वर्ष
ठेगाना:-जि.पर्सा ठोरी गा.पा.वडा नं.४
पक्राउ मितिः- २०८०।०६।०७ गते ।
मुद्दा शिर्षकः- लागु औषध सम्बन्धी कसूर
बरामद लागु
औषधः- चरेश ३२ के.जी.