लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-१४
- A
- A-
- A+
पर्सा, मिति २०८०।०६।१३ गते अं.१५:३० वजेको समयमा जिल्ला
पर्सा बिरगंज म.न.पा.१६ रजतजयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा, पर्सा तथा ला.औ.नि.ब्यूरो शाखा
कार्यालय बिरगंज समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको रक्सौलबाट बिरगंज
तर्फ आउँदै गरेको प्रदेश २-०३-००२ प ५९१२ नं.को स्कुटरलाई शंका लागी चेकजाँच गर्दा स्कुटरको खुट्टा
राख्ने फुटेजको भित्री भाग र डिक्कीको भित्रि भागमा लुकाई छिपाई ल्याएको
ला.औ. ONEREX COUGH SYRUP लेखिएको १०० ml को ३९ (उनन्चालिस) बोतल फेला पारी
स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा. १४ शिवनगर बस्ने वर्ष २१ को दिरसन थापा र
पछाडी सवार जिल्ला बारा करैयामाई गा.पा. ७ बस्ने वर्ष २२ को सन्तोष चौधरीलाई ला.औ., स्कुटर सहित नियन्त्रणमा
लिई व.प्र.का.बिर्तामा पठाएको ।