लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-१८
- A
- A-
- A+
सर्लाही, मिति २०८०।०६।१७ गते अं. १७:३० बजेको
समयमा जिल्ला सर्लाही कौडेना गा.पा. १ बस्ने ५० को बिहारी राउतको घरमा ला.औ. गाँजा
लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको अधारमा प्रहरी चौकी सुन्दरपुर सर्लाहीबाट
प्र.ह. को कमाण्डमा र ई.प्र.का. चक्रघट्टा
सर्लाहीबाट प्र.नि. को कमाण्डमा १५ जनाको टोली खटि गई घर खानतलासी गर्दा ला.औ.
गाँजा २ किलो ३०० ग्राम बरामद गरि निज बिहारी राउत समेतलाई नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको ।