लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०६-२१
- A
- A-
- A+
सिरहा, मिति २०८०।०६।२० गते २३:०० बजेको समयमा जिल्ला
सिरहा सिरहा न.पा.१७ माडर स्थित ईलाका
प्रहरी कार्यालय माडर सिरहा बाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलिले बस
पार्क स्थितमा जिल्ला सिरहा लहान न.पा.०६ बस्ने झगरु पासवानको छोरा अं. बर्ष २६ को
जितेन्द्र पासवानलाई संका लागि चेक जाँच गर्दा निज को साथ बाट गाजा १ पुरीया (अं. २/३ ग्राम), PHENERGAN-१ एम्पुल (फुटेको), DIAZEPAM- १ एम्पुल र खाली
सिरिञ्च -२ थान लागु औषध बरामद गरी जि.प्र.का. सिरहामा ल्याई, थप अनुसन्धान कार्य
भईरहेको ।