अवैध लागूऔषध सहित दुई जना मानिसहरु नियन्त्रणमा
२०८०-०६-२३
- A
- A-
- A+
सिरहा,
मिति २०८०।०६।२२ गते अं.२०:०० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको २ जना सवार रहेको मोटरसाईकलमा
लागू औषध ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार
सिरहाबाट प्र.नि.को कमाण्डमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतको
टोलीले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ४ स्थित पूर्व पश्चिम लोकमार्गको
आर्या होटल अगाडी सडक खण्डमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पूर्वबाट
पश्चिमतर्फ आउँदै गरेको बा.६३ प. ९१९६ नं.को मोटरसाईकलमा सवार चालक जिल्ला सिरहा
लहान नगरपालिका वडा नं. २१ माधोपुर बस्ने वर्ष २१ को अर्जुन कुमार राम र सोही मोटरसाईकल
पछाडी सवार ऐ.ऐ. वडा नं. २० हरीनगर बस्ने वर्ष ३५ को रामानन्द दासको साथबाट चेकजाँच
गर्दा निजहरुले बिचमा राखेको कपडाको ब्याग भित्र ३ वटा प्लास्टिकको पोकामा PROMETSAZINE-HOYDROCHLORIDE-2ML ४८७ एम्पुल, DIAZEPAM ईन्जेक्सन -४९८ एम्पुल र BUPRENORPHINA
ईन्जेक्सन-४९० एम्पुल गरी
जम्मा १४७५ एम्पुल परिमाणको लागू औषध फेला पारी उक्त लागू औषध र मोटरसाईकल सहित
निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान
कार्य भईरहेको ।