लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०७-२२
- A
- A-
- A+
१. सर्लाही,
मिति २०८०।०७।२१ गते अं. १५:०० बजेको समयमा जि.सर्लाही मलंगवा न.पा.-८ कार्यालय
अगाडी प्र.चौ. गोरखकालीबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले भारतबाट
मलंगवा तर्फ आउँदै गरेको पैदल यात्री जि.काठमाण्डौ, का.म.न.पा.- ८ बस्ने पासतेम्बा
शेर्पाको छोरा अं. वर्ष २५ को आशिष शेर्पालाई शंका लागी चेकजाँच गर्दा निजले
लगाएको कालो रंगको हुड्डीको पछाडी पट्टी लुकाई छिपाई राखेको नाईट्रोभेट ट्याब्लेट
२ पत्तामा ३० पिस ला.औ. फेला परेकोले ला.औ.सहित
निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. सर्लाहीमा
बुझाइएको ।