लागु औषध सहित एक जना मानिस पक्राउ
२०८०-०७-२१
- A
- A-
- A+
पर्सा,
मिति २०८०।०७।२० गते अं.१२:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा
नं.१६ रजतजयन्ती चोक स्थितमा लागु औषध
नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको
संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ
आउने तथा वीरगञ्जबाट भारततर्फ जाने व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा एक जना
भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेको व्यक्तिलाई रोकी चेकजाँच गर्दा जिल्ला मकवानपुर मनिहारी गा.पा.वडा नं.६ वर्ष
४० को कृष्ण बहादुर राईलाई कानूनी रीतपुर्याई खानतलासी गर्दा निजले कालो
प्लाष्टीकको झोलाभित्र प्रतिबन्धित लागु
औषध नाईट्राभेट ३५ पत्तामा ५२५ ट्याब्लेट
फेला परेको हुँदा लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय
पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसूरमा
थप अनुसन्धान कार्य भैरहेको ।