लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०७-२४
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।०७।२३ गते जि. सर्लाही
मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी प्र.चौ. गोरखकाली सर्लाहीबाट प्र.स.नि.को
कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट मलंगवा तर्फ आउँदै गरेको
पैदल यात्री जि.रौतहट चन्द्रपुर न.पा. ४ बस्ने गोबिन्दनाथ चौलागाईंको छोरा अं.
वर्ष २६ को निरज चौलागाईंलाई शंका लागि सोधपुछ तथा चेकजाँच गर्दा निजले लगाएको
पाईन्टको खल्तीबाट Nitravet-10
ट्याब्लेट-१२ पिस फेला परेको हुँदा निजलाई ला.औ. सहित नियन्त्रणमा
लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको ।
२.
सर्लाही, मिति २०८०।०७।२३ गते अं. जि. सर्लाही
मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी प्र.चौ. गोरखकाली सर्लाहीबाट प्र.स.नि.को
कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट मलंगवा तर्फ जाँदै गरेको
पैदल यात्री जि. रौतहट चन्द्रपुर-४ बस्ने रमेश मगरको छोरा अं. वर्ष १८ को सोम
बहादुर मगरलाई शंका लागि सोधपुछ तथा चेकजाँच गर्दा निजको पाईन्टको कम्मर भित्र
लुकाई छिपाई राखेको DIAZEPAM
INJECTION-४ पिस, BUPRENORPHINE INJECTION -४
पिस, PRPOMETHAZINE HYDROCHLORIDE INJECTION- ३ पिस फेला
पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही
पठाईएको ।