लागु औषध सहित मानिस पक्राउ
२०८०-०८-०१
- A
- A-
- A+
१. सिरहा, मिति २०८०।०७।३० गते जिल्ला सिरहा लहान न.पा. १९ बस्ने बिरेन्द्र महतोको छोरा अ. वर्ष २२ को बिजय महतोले आफ्नै बुबासँग वाद-विवाद गरिरहेको भन्ने खबर ई.प्र.का. लहान सिरहामा प्राप्त हुना साथ प्र.ब.ह.को कमाण्डमा टोली खटी गई बिजय महतोलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजकै आफ्नै घरको सुत्ने कोठामा सिरानीको खोल भित्र कालो प्लाष्टिकमा बेरी राखेको लागु औषध नाइट्राभेट ट्याब्लेट ४ पत्ता (१ पत्तामा १५ पिस) ६० पिस , साइप्रोन ट्याब्लेट २ पत्ता ( १ पत्तामा ८ पिस) १६ पिस, गरी जम्मा ७६ पिस ला.औ. ट्याब्लेट फेला परेको,उक्त ला.औ. सहित निज बिजय महतोलाई नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहामा ल्याई राखिएको ।
२.
सर्लाही, मिति २०८०।०७।२९ गते अं. १९:४५ बजेको
समयमा जि. सर्लाही पर्सा गा.पा. ६ मलहिनया पोखरी स्थित जि.प्र.का. सर्लाहीबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत जि.
सितामढी ग्रामपंचायत ईनर्वा सहोरवा वडा नं. १८ बस्ने रामप्रताप राय यादवको छोरा
अं. वर्ष २० को अरुण यादवलाई शंका लागि चेकजाँच गर्दा ला.औ. नाईट्राभेट ट्याब्लेट-
३०० पिस फेला परेको हुँदा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा
ल्याई अनुसन्धान कार्य भईरहेको ।