लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-१०
- A
- A-
- A+
पर्सा,
मिति २०८०/०८/०९ गते अं.१६:४५ बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा
नं.१६ रजत जयन्ती चौक स्थित प्र.चौ. ईनर्वा पर्सा र लागू औषध नियन्त्रण व्यूरो
शाखा कार्यालय बिरगंज पर्सा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने
क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बिरगंज बजार तर्फ आउँदै गरेको ना.५प १०२६ को
मो.सा. लाई शंका लागि रोकी चेकजाँच गर्दा मो.सा को एयर फिल्टरको भित्री भागमा
लुकाई छिपाइ गरी राखेको लागू औषध ईन्जेक्सन डाइजोपाम ३० (तिस) पिस, फेनारगन ३० (तिस) पिस र नुरफिन ३० (तिस) पिस का
दरले जम्मा ९०(नब्बे) पिस फेला परेको हुदाँ मो.सा.चालक जिल्ला मकवानपुर हेटौंडा
उ.म.न.पा वडा नं.०५ बस्ने खुरसिद मियाको छोरा अं. बर्ष ३० को फिरोज अंसारी र सोही
मो.सा.को पछाडि सवार ऐ.ऐ. बस्ने नुर महम्दको छोरा अं. बर्ष २३ को मुलतान अंसारीलाई
मो.सा. र ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्ता
पर्सामा पठाइएको ।